हिमचुलिले दियो तिलागुफामा स्वर्गीय हमालका परिवारलाइ एक लाख बिमा राहत हस्तान्तरण

7
SHARES
15
VIEWS

कालिकोट । हिमचुली कृषि सहकारी सस्था लिमिटेड द्वारा मृतक सदस्यलाइ दुर्घटना बिमा बापत एक लाख राहत हस्तान्तरण गरिएको छ ।
तिलागुफा नगरपालिका ३ निवासी स्वर्गीय कुसराज हमालको धर्मपत्नी बसन्ती शाही(हमाल)लाइ आज एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरिएको छ ।तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीको उपस्थितिमा एक लाखको चेक हस्तान्तरण गरिएको हो ।
हिमचुली कृषि सहकारी संस्था लिमिटेडका तिलागुफा सेवा कार्यालय ब्यबस्थापक चन्द्रमणी आचार्यका अनुसार स्वर्गीय कुशराज हमालको गएको वर्ष कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।यस अघि मृतक हमालको नाममा रहेको १ लाख २३ हजार ऋण मिनाह गरिएको र दुर्घटना बिमा बापत एक लाख राहत हस्तान्तरण गरिएको हो ।उक्त राहत बितरण कार्यक्रममा तिलागुफा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सुर्य बहादुर शाहीले आपतबिपतमा सहयोग गर्ने हिमचुली कृषि सहकारी संस्था लि. लाई धन्यवाद दिएका छ्न।
हिमचुली सहकारी संस्थाले आफ्ना सम्पुर्ण सदस्यहरुको दुर्घटना बिमा बापत एक लाख ५० हजारको दुर्घटना बिमा गर्दै आएको छ ।यस अघि महाबै ६ निवासी धर्मकला शाहीका आफन्तलाई दुर्घटना बापत एक लाख पचास हजार राहत हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित