पचालझरनामा स्थानीय पाठ्यक्रम पठनपाठन शुरु

7
SHARES
15
VIEWS

कालिकोट ।पचालझरना गाउँ पालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ ।लामो छलफल तथा विभिन्न निकायको सुझाव लिएर टुंगोमा पुगेपछी आज पचालझरना गाउँ पालिकामा एक कार्यक्रम बिच सबै विद्यालयलाइ हस्तान्तरण गरिएको गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले बताए ।
पचालझरना गाउँ पालिकाको पडेक्षामा आयोजित कार्यक्रममा गाउँ पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम र प्रमुख प्रशासकिय प्रमुख पुर्ण बहादुर बिक सहित अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा स्थानीय पाठ्यक्रम विद्यालयलाइ हस्तान्तरण गरिएको हो ।
उक्त पाठ्यक्रममा हाम्रो पचालझरना नाम दिएको किताबमा पर्यटन,धर्म सस्कृती,भेषभुशा तथा जनयुद्धका बिषय बस्तु समाबेश गरिएको पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले बताए ।चालू शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने बताइएको छ ।
स्थानीय तह संचालन पछि शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाउन थालेका छ्न ।यस अघि महाबै गाउँ पालिकाले स्थानीय पाठ्यक्रम तयार गरेर लागू गरेको थियो ।जिल्लाका अन्य स्थानीय तहले पाठ्यक्रम लागू गर्न थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित