पलाताको रानिबिसौनामा पालिका केन्द्रका लागि हमालले दिए ३ हजार बर्गमिटर जग्गादान

7
SHARES
15
VIEWS

कालिकोट ।पटकपटक बिबाद भएको पलात गाउँ पालिकाको केन्द्र रानिबिसौना हुने भएको छ ।

यस अघि पलात २ को लोडेमा अस्थायी केन्द्र बनाइएकोमा साे केन्द्रकाे नजिक पर्ने धौलागोहको रानीबिसौनामा हुने निश्चित भएको छ । उक्त स्थानमा स्थानीयले जग्गादान गर्ने क्रम शुरु भएको छ ।आइतबार जोरे प्याकुरेल(हमाल) ले ३ हजार बर्गमिटर जग्गादान गरेका छन ।

पालिका केन्द्रका लागि गएको गाउँ सभाले निर्णय अनुसार साबिकको खिन,धौलागोह  र थिर्पुका लागि रानिबिसौना उपयुुक्त भएको ठहर गरिएको छ । अन्य स्थानीयले जग्गादान गरेर पलाता गाउँ पालिकाको नाममा आएसंगै भवन निर्माणका लागि बोलपत्र प्रकाशीत गरिने पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले बताए । उनले भने अहिले जग्गादान दिने समुदाय भारत भएकाले आइसके पछि अन्य प्रक्रिया अघि बढ्ने बताए ।

पलाता गाउँ पालिका भौगोलिक रुपमा बिकट भएकाले पालिका केन्द्रका लागि समस्य हुँदै आएको स्थानीय धनकर्ण बिकले बताए । उनका अनुसार अब रानीबिसौनामा जिल्ला मालपोत र नापी कार्यालयबाट जग्गाका लागि स्थलगत रुपमा अध्ययन भएको र समयमै पालिका केन्द्र बन्नेमा आफू लगाएत पलाता बासी ढुक्क भएको बताएका छन ।

जिल्लाका रास्कोट,सान्नित्रीबेणी,नरहरिनाथ र पचालझरना गाउँ पालिकामा स्थानीय प्रशासनिक भवन निर्माण भैसकेका छन भने स्थानीय तहमा हुने कार्य जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित