पचालझरनाले निति तथा कार्यक्रमका लागि सुझाव माग्दै

7
SHARES
15
VIEWS

कालीकोट । आगामी वर्षको बजेट वनाउन सहज होस र जनताका आवश्यक्तालाई समावेश गर्न पचाल झरना गाउ पालिकाले सुझाव संकलन शुरु गरेको छ ।

पचाल झरना गाउपालिका अध्यक्ष देवराज शाहीले आम पचाल झरना वासि लाई निति तथा कार्यक्रम लाई प्रभावकारी वनाउन सवैलाइ सुझावका लागि आव्हान गरेको हो । पचाल झरना गाउपालिका अध्यक्ष देवराज शाहीले प्रत्यक्ष भेटेर, फोन तथा मेसेज मार्फत सुझाव दिन अनुरोध गरेको बताएका छन।

अध्यक्ष शाहीले गएको वर्ष शुरुवात मा केही अनुभव मा कमी भएको र उचित सम्बोधन हुन नसकेको यस वर्ष जनतालाई प्रत्याभूति हुनेगरी निति तथा कार्यक्रम ल्याउन स्थानिय सरकार लागिपरेको वताउदै त्यसको लागि जिल्ला र जिल्ला बाहिर रहेका शुभ चिन्तकलाई रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन ।

निति तथा कार्यक्रमको लागि पालिकामा सुझाव संकलन टोली बनाएको र जिल्ला भित्र र बाहिर बाट फोन मेसेज, इमेल गरेर सुझाव आउने आशा लिएको बताउदै पालिकामा सबै वडा स्तरमा  गएर समुदाय संग सुझाव माग्ने र पालिका स्तरिय राजनितिक दल नागरिक समाज तथा वुद्धिजिवी संग अन्तरक्रिया मार्फत सुझाव संकलन गरीने अध्यक्ष शाहीको भनाइ छ ।

स्थानिय तहले अषाढ १० गते भित्र निति तथा कार्यक्रम ल्याइ सक्नु पर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित