कालिकोट । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पचालझरना गाउँ पालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिबेशनबाट पूर्व अध्यक्ष गौरी संज्यालको अध्यक्षतामा ४५ सदस्य गाउँ कमिटि गठन भएको छ । जसमा उपाध्यक्षहरु सरिता शाही, ऐन सेजुवाल, पूर्ण शाही रहेका छन भने सचिव पौरखे लुवार(दंगलि) सहसचिवह जनम बोगटी र कोषाध्यक्ष भावना कठायत सहित ४५ सदस्य गाउँ कमिटि सर्वसम्मत भएको बताइएको छ । नवनिर्वाचित गाउँ कमिटीलाई जिल्ला संयोजक डम्बर शाहीले सपथग्रहण गरेको निर्वाचन मण्डलले जनाएको छ ।
गाउँ अधिवेशनमा धेरैले अध्यक्षका दाबेदार भएपनि अन्तत पुर्व अध्यक्ष नै पुनरवहालि हुने गरी अधिबेशन सम्पन्न भएको हो । सो अधिबेशनका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज जीवन बुढा,अतिथिहरु जिल्ला समन्वय समिति संंयोेजक डम्बर बहादुर शाही , निर्वाचन क्षेत्र नं ख ईन्चार्ज जगत बहादुर शाही, प्रदेश कमिटी सचिलय सदस्य पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही,पूर्व अध्यक्ष खड्गराज सेजुवाल, पूर्व उपाध्यक्ष तारा न्यौपाने, गाउँ पालिका उपाध्यक्ष अल्किना बम,प्रदेश कमिटी सदस्य भानुभक्त सँज्याल, करबिरे कामी , सहिद परिवार समाज नेपाल प्रदेश सचिब धर्मराज शाही लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि जीवन बुढाले नयाँ इतिहास कायम गरेर पचालझरना गाउँ कमिटीले जिल्ला ब्यापी रुपमा राम्रो सन्देश प्रवाह गरेकोमा बधाई सहितको शुभकामना दिएका थिए । यस अघि नरहरिनाथ गाउँ पालिकामा समेत दोस्रो अधिबेशन भएको थियो भने जिल्लाका अन्य पालिकामा समेत गाउँ अधिबेशन शुरु हुने क्रम जारी रहेको जिल्ला संयोजक डम्बर शाहीले बताएा छन । उनका अनुसार सबै पालिकाका नेतृत्वहरु सर्वसम्मत हुने संयोजक शाहीको भनाइ रहेको छ ।




















Discussion about this post