सुस्वा द्धारा पलांतामा खानेपानि र शिक्षामा नमुना काम बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । पलांतामा खानेपानि र भौतिक संरचना निर्माण कार्यक्रमा तिव्रता दिएको छ । जिल्लाकै विकट मानिएको पलांता गाउँ पालिकामा पछिल्लो समय तिव्रता दिएको छ ।

दिगो खानेपानि सरसफाई तथा स्वच्छता(सुस्वा) परियोजनाले थलातलसेरी खानेपानि तथा विद्यालय र सौचालयका भौतिक संरचनाको काम अघि बढाएको छ ।खानेपानिको अभाव झेल्दै आएको धौलागोहको खाडाबान्जाडा,लार्फ,भाटगाउँको खानेपानि हल हुने भएको छ भने सरस्वति माध्यमिक विद्यालयको भवन निर्माणको काम समेत अघि बढाएको स्थानिय सर्जन प्याकुरेलले बताए ।प्याकुरेलका अनुसार सरस्वति मा वि राडुनेटामा बन्ने भवन वाल मैत्रि रुपमा नमुना हुने बताएका छन ।

पांच वर्ष सम्म सुस्वाले पलांतामा खानेपानि र शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने प्याकुरेलको भनाई रहेको छ । खानेपानिका क्षेत्रमा अहिले सम्मकै ठुलो आयोजना सुस्वाले गरेको स्थानिय देव विकले बताए । उनका अनुसार थलातलसेरी गडगडे खानेपानि तथा सरसफाई आयोजनाबाट तिन सय बढि समुदाय लाभान्वित हुने बताइएको छ ।

सुस्वाका कार्यक्रम अधिकृत धिर बहादुर भण्डारीका अनुसार ५ वर्षमा खानेपानि तथा सरसफाई र शिक्षामा नमुना कार्यक्रम अघि बढाउने बताए । फिनल्याण्ड सरकारको सहयोग तथा स्थानिय सरकारको साझेदारीमा उक्त कार्यक्रम अघि बढाइएको भण्डारीको भनाई रहेको छ ।

पलांता गाउँ पालिका वडा न.२का वडा अध्यक्ष भीम प्रसाद न्यौपानेले थलातलसेरी खानेपानिको काम १५प्रतिशतको हाराहारीमा रहेको बताए । उनका अनुसार यस आयोजनाबाट यहाँका समुदायकाले लागि ठुलो राहत पुग्ने अध्यक्ष न्यौपानेको भनाई रहेको छ ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले खानेपानिका लागि पलांताका सबै घरहरुमा स्वच्छ खानेपानिको पहुंच बृद्धि हुने बताए । आफ्नो कार्यकालमा पलांता बासिलाई पानिको हाहाकार अन्त गरेर स्वच्छ खानेपानिको व्यवस्थापनका लागि एक घर एक धाराको व्यवस्थापनमा लागि परेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित