पलाताको प्रशासनिक केन्द्र “रानिविसौना” भौतिक संरचना सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय विवादमा रहेको पलाताको प्रशासनिक केन्द्रको टुङगो लागेको छ ।

पलाता गाउपालिकाको केद्र विन्दु मानिएको रानिविसौनामा हुने निश्चित भएको हो। आज पलाता गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भिम प्रसाद न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बमले भौतिक संरचनाको सिलान्यास गरेका हुन ।

यस अघि पलाता गाउ पालिकाले  लोडेमा केन्द्र तोकेको थियो । रानिविसौना-लोडे नजिक भएकोले पाएक पर्ने स्थान भएकोले सहमति भए संगै सिलान्यास गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बम लाइ उदृत गर्दै धनकर्ण विकले जानकारी दिएका छन । उनका अनुसार कार्यपालिकाले गरेको निर्णय अनुसार सिलान्यास गरिएको बताइएको छ ।

यस अघि उपाध्यक्ष अलैपुरा जैसीले विरोध जनाएकी थिइन । पलाता गाउ पालिका अध्यक्ष विष्णु रोकायाले तत्काल काम गर्न प्रशासनिक भवन ( टहरा) निर्माण गरिने र आउने वर्षमा प्रशासनिक भवनका लागि प्रक्रिया अघि बढ्ने बताए। रानिविसौना पालिका केन्द्रका लागि विवाद नरहेको अध्यक्ष रोकायाको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित