पचालझरनामा वडास्तरमा योजना तर्जुमा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाले आगामी वर्ष २०८०/२०८१ का लागि वडास्तरमा योजना तर्जुमा शुरु गरेको हो। आज पचालझरना वडा नम्बर ६ ले वडा कार्यालयमा समुदायको उपस्थितिमा योजना तर्जुमाका लागि सुझाव संकलन गरेको हो।

पचाल झरना वडा नम्बर ६का वडा अध्यक्ष प्रभुजन संज्यालको अध्यक्षतामा भएको कार्यक्रममा समुदायले खाने पानि , सडक, स्वास्थ्यमा उचित किसिमका कामको व्यावस्थापन गर्ने र प्रदेश, संघ सरकारका तर्पुबाट हुने कामको सिफारिस गरेर अघि बढ्ने जनाइएको छ। चालु वर्ष का योजनाको समेत समिक्षा भएको बताइएको छ। उक्त योजना तर्जुमा गोष्ठीमा विमिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि हरुको उपस्थिति रहेको बताइएको छ। नेकपा माओवादी केन्द्रका पचाल झरना गाउ कमिटी अध्यक्ष गौरी संज्यालले जनतालाई प्रभाव पर्ने योजनाहरू छनोट गर्ने आग्रह गरेका छन् ।

पचाल झरना गाउ पालिक प्रवक्ता समेत रहेका संज्यालले समुदायको  माग अनुसार विकास निर्माणका कामलाई प्राथमिकता राख्ने बताए। पचाल झरना गाउँपालिकाले आगामी वर्षका लागि गरिने कामको सुझाव संकलन गर्न आव्हान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित