जिल्लाभर जातिय विभेद उन्मुलन दिवस मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । जातिय विभेद उन्मुलन दिवस का अबसरमा जिल्लाका  विभिन्न ठॉउमा कार्यक्रम गरेर मनाइएको ६ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ७ बर्ष पुगेको छ । सातबर्ष अगाडि देखि आजकै जेठ २१ गतेको दिनलाई ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो । जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि मनाउने क्रममा जिल्लाका नरहरिनाथ,रास्कोट, पचालझरना र जिल्ला सदरमुकाम मान्म र्‍याली सहित कार्यक्रम गरेर मनाइएको  हो। नरहरिनाथ गाउ पालिकामा भने जातिय विभेद र वाल वालिका माथि हुने हिंसा नगर्ने बारेमा हस्ताक्षर समेत गरिएको सहकर्मी पुष्प उपाध्याय ले जानकारी दिएका छन।

२०६३ साल जेठ १८ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार हरेक बर्ष जेठ २१ गतेलाई जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाउन थालिएको हो । कालीकट जनसङ्ंख्याको एक चौथाई हिस्सा ओगटेका  दलित समुदाय को सहभागितामा विभिन्न संघ संस्था र प्रहरीले आयोजना गरेर कार्यक्रम मनाइएको दलित अधिकार कर्मिले बताएका छन।

जिल्ला सदरमुकाम मान्ममा जिल्ला समन्वय प्रमुख धनजित शाहीको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी सहितका सरोकारवालाको सहभागीता रहेको थियो।

व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ । जनआन्दोलनपछिको पुनस्र्थापित संसदले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित