पचालझरनामा वृहत शैक्षिक गोष्ठी सम्पन्न,शिक्षामा गुणस्तर कायमा गर्ने प्रतिवद्धता

7
SHARES
15
VIEWS

कालिकोट । पचालझरना गाउ पालिकाले शिक्षामा गुणस्तर कायम गर्न शैक्षिक गोष्ठी गरेको छ। पचालझरना गाउ शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको गोष्ठीमा पचालझरनाका सरोकारवाला निकाय, जनप्रतिनिधि , राजनैतिक दल, नागरिक समाज, शिक्षक कर्मचारी हरुको उपस्थितिमा भएको कार्यक्रममा वालवालिक हरुलाई घरबाट उचित ध्यान दिनु पर्ने सुझाव दिएका छन। शैक्षिक गोष्ठीमा शिक्षाका गुणस्तर कायम गर्न घर देखि स्कुल सम्म पाइला पाइलामा ध्यान पुगेपछि मात्र प्रतिफल आउने भएकोले सबैले सचेत हुनु पर्नेमा जोड दिएका छन ।

पचालझरना गाउँ पालिकाकाे पणेक्षा आयोजना गरिएको वृहत शैक्षिक गोष्ठीमा पचालझरना गाउ पालिका अध्यक्ष देवराज शाही, पचालझरना पूर्व अध्यक्ष तथा सामुदायिक विद्यालय व्यवस्थापन महासंघ नेपालका केन्दिय वरिष्ठ उपाध्यक्ष खडगराज सेजुवाल, पचाल झरना उपाध्यक्ष अल्किना बम , प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विक लगाएतका सरोकारवालाले शिक्षामा गुणरतर कायम गर्न आ आफ्नो क्षेत्रमा लागि पर्न सुझाव दिएका छन् ।

पचालझरना गाउ शिक्षा शाखाका प्रमुख नमराज शाहीका अनुसार शैक्षिक गोष्ठी बाट आएका सुझाव समावेस गरेर गाउँ कार्यपालिकामा पेश गर्ने र सोही अनुसार प्रत्येक विद्यालयलाई कार्यन्वयन गर्न गराउन अघि बढ्ने वताएका छन।

वृहत शैक्षिक गोष्ठी ले शिक्षा क्षेत्रमा महत्वपूर्ण सुझाव आएकाले कोशे ढुंगा सावित हुने सरस्वति माध्यमिक विद्यालय व्यावस्थापन समिति अध्यक्ष गोकुल खडकाले बताए । उक्त शैक्षिक गोष्ठीमा सहभागी हरुलाई गॉउ शिक्षा शाखा प्रमुख नमराज शाहीले धन्यावाद दिदै कार्यक्रमका सम्पन्न भएको बताईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित