स्वास्थ्य कार्यलयको उत्कृष्ट कामःउमेर हद पुगेका स्वास्थ्य स्वयमसेविकालाई सम्मान सहित विदाइ

7
SHARES
15
VIEWS

कालिकोट ।स्वास्थ्य सेवा कार्यालय कालिकोटले उमेरका कारण सेवा निबृत र निधन भएका स्वयमसेविका का परिवारका सदस्यलाई विदाइ गरेको छ। जिल्ला स्वास्थ्य कार्यलय कालिकोटले विदाइ गरेको हो। उमेर हद पुगेका ४ जना र लामो अबधि सेवा गरेकी असामयिक निधन भएकी महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका २ जनाका (परिवारका सदस्य)लाई सम्मान जनक बिदाई गरेको जिल्ला स्वास्थ सेवा कार्यलय कालीकोटका सुचना अधिकारी कटक महतले जानकारी दिएका छन ।

सुचना अधिकारी महतका अनुसार बिदाई हुनेमा पलाता-४ कि सौपन्ना महतारा,पलाता-५ कि धनकौरा बम,पचालझरना-९ कि रेशमा शाही ,नरहरिनाथ-३ कि धनशोभा महतारा-३,खाडाचक्र- ७ कि मनशोभा मल्ल ,तिलगुफा-६ कि पद्मा शाही (निधन भैसकेको )र खाडाचक्र-६ कि देबिदरा शाही (निधन भैसकेको ) रहेको छन ।

बिदाई हुने महिला स्वास्थ्य सेविकालाई नि.स्वास्थ्य सेवा ब्यबस्थापक डा. संकेत बिश्वकर्मा जनस्वास्थ्य अधिकृतद्वय कटक बहादुर महत, गौरा कुमारी घर्ती मगर र पहेन निरीक्षक सेतु शाहीको सहभागिता रहेको बताइएको छ ।

विदाइ हुने स्वंयमसेविकालाई संयुक्त रूपमा जनही रु. २० हजार नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको बताइएको छ ।

खाडाचक्र ७ कि धनशोभा मल्लले स्वास्थ्य क्षेत्रमा काम गरेका स्वयंमसेविकालाई स्वास्थ्य सेवा कार्यालयले सेवा निबृत वापत सम्मान साथ विदाइ गरेकोमा सेवा गर्ने रहर हुँदा हुदै उमेर हदका कारण विदाई भएपनी स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गरिरहने बताएकी छन।

महिला स्वास्थ्य स्वयंम सेविका ले विना पारिश्रमिक सेवा गर्दै आएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित