पलांतामा जिल्ला समन्वयको टोलि द्धारा स्थलगत अनुगमन,विकास निर्माणका काम तिव्रता

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्तरिय अनुगमन टोलि पलांता पुगेको छ । पालिका स्तरमा भएका विकास निर्माणका कामको बारेमा स्थलगत अनुगमनका लागि जिल्ला सम्पन्वय प्रमुख धनजित शाही सहितको टोलि पलांता पुगेको हो ।

जिल्ला समन्वय समितिका प्रवक्ता अज बहादुर बमका अनुसार अनुगमन टोलिले हिजो विहबार पचालझरना गाउँ पालिकामा अनुगमन गरेर आज(शुक्रबार) पलांताका विभिन्न वडामा अनुगमन गरेको सहकर्मि धनकर्ण विकले बताएका छन । आज जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले स्वस्थ्य संस्था,स्थानिय सडक,विद्यालयका भवन लगाएतको अनुगमन गरेको बताइएको छ ।

अनुगमन टोलिले पालिकामा काम सम्पन्न भएका योजनाहरुको गुणस्तर छ वा छैन भन्ने बारेमा प्राविधिक सहितको टोलिले अनुगमन गरेको बताइएको छ ।

अषाढ मसान्त सम्म कुन योजनाको के कति काम भएका छन तिनिहरुको रकम भुक्तानि गर्ने वा नगर्ने भन्ने बारेमा जिल्ला समन्वय समिति कालीकोटले कोष तथा नियन्त्रक कार्यालयलाई जानकारी दिने बताइएको छ । अनुगमन कार्यमा विगत देखि जिल्ला समन्वय समिति कालीकोटले गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित