पचालझरना ९मा प्रगति विवरण पेश गर्दै योजना तर्जुमा

7
SHARES
15
VIEWS

कालिकोट । पचालझरना गाउँ पालिका वडा नं ९ ले आर्थिक वर्ष २०८०।०८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । वडा न.९ले आज समुदायको उपस्थितिमा विगतमा गरेका कामको जानकारी दिदै आगामि वर्षमा गरिने कामको बारेमा जानकारी दिएको हो ।

सो योजना तर्जुमा कार्यक्रममा वडा अध्यक्ष ललितजंग शाहीले वडामा पहिलो वर्ष सोचे अनुसारको काम नभएपनि आगामि वर्ष विशेष जोड दिने बताउदै सहभागि राजनितिक दल,सरोकारवाला निकाय,दलित महिलाहरुको उपस्थितिमा व्यापक अन्तरक्रिया सहित योजना तर्जुमा गरेको हो ।

पचालझरना वडा नम्बर ९ले चालु आर्थिक वर्षमा गरेका कामको २१ भन्दा बढि सुचि सहित प्रस्तुत गर्दै अध्यक्ष शाहीले सुझाव सल्लाह माग्दै केही समय भित्र वडाले प्रोफाईल तयारीका लागि सम्पूर्ण घरधुरीको सर्वेक्षण भईसकेको र पूर्णता दिने बताएका छन ।

वडा स्तरमा उपलब्ध श्रोत र साधनको समुचित प्रयोग गर्दै आगामि वर्ष नमुना काम गर्ने वडा सचिब बिनोद कुमार शाहीले जानकारी दिएका छन । पचालझरना गाउँ पालिकाले सबै वडामा योजना तर्जुमा गोष्ठि गरेर सुझाव माग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित