कालीकट । शुभकालिका गाउँ पालिका अध्यक्ष गोविन्द्र आचार्यले समाज रुपान्तरणको लागि सांस्कृतिक अभियान महत्वपूर्ण रहेको बताएका छन ।
शुभकालिकामा गरिएको वालविवाह विरुद्ध धामि झांक्रि तथा पुरोहितहरुको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गॉउ पालिका अध्यक्ष आचार्यले समाज विभिन्न जात धर्म प्रति आस्थावन भएपनि सवैलाई सम्मान गर्ने बताउदै सामाजिक,आर्थिक सम्वृद्धिका लागि महत्वपूर्ण भूमिका संस्कृति भएकाले समाजमा हुने विभिन्न खालका विभेद अन्त गर्न धार्मिक क्षेत्रका अगुवाले समेत परिवर्तनका पक्षमा अघि बढ्दै साथ दिनु पर्ने बताएका छन।
आज शुभकालिका गाउँ पालिकाका सम्पूर्ण धामी झाँक्रीहरुलाई सम्मान गर्दै प्रत्येक वर्ष समेलन गर्ने र समाजमा हुने घटनामा सकरात्मक सहयोग गर्न अनुरोध गरेका हुन।
विहेवारी २० वर्ष पारी भन्ने मल नाराका साथ सेभ द चिल्ड्रेन तथा किर्डाक नेपाल कालीकोट को समन्वयमा शुभकालिका गाँउ पालिका गाउँ पालिकाको आयोजनामा संचालन भएको हो।
शुभकालिका गाउँ पालिका उपाध्यक्ष धर्मकला शाहीको अध्यक्षता तथा पालिका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको बताइएको छ ।
Discussion about this post