पलांतामा शिक्षक संगठनले बुझायो ज्ञापन पत्र

7
SHARES
15
VIEWS

कालीकोट । पलांता सरकारलाई शिक्षक संगठनले ११ बुद्धे ज्ञापन पत्र बुझाएको छ । नेकपा(माओवादी केन्द्र) निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन पलांताले शैक्षिक क्षेत्र संग सरोकार राख्ने ११ बुद्धे माग पत्र बुझाएको हो ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया,प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बम,शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीलाई ११ बुद्धे माग पत्र पेश गरेको बताइएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका पालिका अध्यक्ष सर्जन प्याकुरेलको नेतृत्वमा गएको टोलिले भौतिक संरचनाको निर्माण,प्रभावकारी अनुगमन,विद्यार्थिको संख्याका आधारमा दरबन्दि मिलान,प्रधानध्यापक,विद्यालय व्यवस्थापन समितिलाई शैक्षिक भ्रमण,पालिकामा एउटा नमुना विद्यालय स्थापना र विद्यार्थिलाई श्रम र शिक्षामा जोड दिनु पर्ने,प्रत्येक माविमा नर्स सहितको हेल्पडेस्कको व्यवस्था देखि पालिका स्तरमा दरबन्दि कायम भएका शिक्षकलाई पोशाक,वालशिक्षाका सहजकर्तालाई पारिश्रमिक बृद्धिको समेत माग गरेको छ ।

पालिका सरकाले आगामि वर्षका लागि बजेटमा सहभागि गराउनका लागि माग पत्र पेश गरेको संगठनका पालिका अध्यक्ष सर्जन प्याकुरेलले बताए। उनले भने पछिल्लो समय शिक्षामा गुणस्तर कायम गर्न अभिभावक देखि शिक्षा संग सरोकार राख्ने सबैले गम्भिर हुनु पर्ने बेला आएको बताउदै यस अघि भएका कामकार्वाहीलाई व्यवस्थित गर्दै आगामि शैक्षिक योजनामा गम्भिर हुनु पर्नेमा जोड दिएको सहकर्मि धनकर्ण विकले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित