रास्कोटको वालुखेत स्थित दलित वस्ति”पोषण मैत्री टोल”घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको वडा नम्बर  ९ को बालुखेत मा रहेको दलित वस्तिलाई  पोषण मैत्री टोल घोषणा गरिएको छ। स्वास्थ्य शाखा रास्कोटको आयोजनामा वडा नम्बर ८ र ९को सयुक्त वस्तिको रुपमा पोषण मैत्रि वडा घोषणा गरिएको बताइएको छ।

रास्कोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मनिराज बराल (स्टार ) र वडा नम्वर ९ का अध्यक्ष धन बहादुर धामीको उपस्थितिमा पोषण मैत्रि वडा घोषणा गरिएको बताइएकाे छ । उक्त कार्यक्रममा स्वाथ्य शाखाका रास्कोटका हंसराज बराल, स्वास्थ्य चौकी फुकोट का इन्चार्ज कर्ण प्रसाद वराल , नगर प्रमुख सचिवालयका  गौरी दर्जि लगाएतका सरोकारवाला निकायका प्रतिनिधि र  समुदायहरूको  उपस्थिति रहेको थियो।

अब उक्त वडामा कुनै पनि खालको कुपोशित  हुने खालका क्रियाकलाप नगर्नेमा स्थानिय र जनप्रतिनिधिले  प्रतिवद्धता जनाएका छन । टोल देखि  वडा हुँद नगरपालिकालाई पोषण मैत्री पालिका घोषणा गर्ने योजना रहेकाे स्वास्थ्य शाखा रास्कोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित