आज ९८औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइदै

7
SHARES
15
VIEWS

काठमाडौं,असार ।आज जुलाई महिनाको पहिलो शनिवार अर्थात् ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ ।

अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विश्वभरका सहकारीहरुको छाता संगठन–अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) लगायत सदस्य मुलुकका सहकारी संघ संस्थाहरुले जनचेतना, शिक्षा, सम्मान र प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेका छन् ।

यस बर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको विषयवस्तु कोप फर क्लाइमेट एक्सन (जलवायु कार्यका लागि सहकारी) तय गरिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण सीमित व्यक्तिहरु माँझ भौतिक दूरी कायम गरी र अन्यसँग भर्चुअल माध्यममार्फत जोडिएर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम तय भएको आईसीएले जनाएको छ । केही दिन अघि मात्र आईसीएले फोटो प्रतियोगिता, भिडियो प्रतियोगिता जस्ता कार्यक्रम आयोजना गरेको थियो ।

नेपालमा पनि उक्त दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघले आज अपरान्ह सीमित व्यक्तिहरुको उपस्थिति र अन्य सहकारीकर्मीहरुलाई महासंघको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष जोडिने अवसर सहित विशेष कार्यक्रम साथै उत्कृष्ठ सदस्य संघ संस्थाहरुलाई पुरस्कार घोषणा र वितरण कार्यक्रम आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित