पलांतामा खानेपानि र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छु-वडा अध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिका वडा न.२ का वडा अध्यक्ष भीम प्रसाद न्यौपानेले पलांताको पहिलो समस्या खानेपानिको विकराल रहेकाले त्यसको निकासका लागि आफु लागि परेको बताएका छन ।

कर्नालि संचारको जनता संग प्रतिनिधि कार्यक्रम अन्तरगत बोल्दै अध्यक्ष न्यौपानेले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि पलांता गाउँ पालिकाको सबै भन्दा बढि जनसंख्या भएको वडा न.२ रहेकाले वर्षौं देखिको खानेपानिको अभाव झेल्दै आएको पलांताको खाडा बान्जाडा बस्तिमा शुद्ध खानेपानि पुगाउन आफुले पहल चालेको र सोही अनुसार सरसफाई तथा स्वच्छता समिति (सूस्वा)ले बाह्य देश र स्थानिय सरकारको समन्वयमा काम गरेर आउदो कात्तिक महिना भित्र सबै घरमा खानेपानिका धारा निर्माण हुने वडा अध्यक्ष न्यौपानेले बताएका छन ।
अहिले थलातलेसरी गडगडे खानेपानि उपभोक्ता समितिले खानेपानिको काम तिव्र रुपमा अघि बढाएको र उक्त खानेपानिले लार्फ,राडुनेटा,खाडा बान्जडाका बस्तिका लागि महत्व राख्ने छ ।

त्यसका साथै वडा अध्यक्ष न्यौपानेले आफु शिक्षण पेशाबाट राजनैतिकमा आएको र सामाजिक विकास शाखाको संयोजक समेत रहेकाले शैक्षिक क्षेत्रमा गुणस्तरिय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने हेतुले आफुले सुधारका लागि पहल गरेको बताए । उनले भने शिक्षा क्षेत्रमा भनेको बेला परिणाम नआउने भएकाले यसका लागि निरन्तर लागेर आफुले परिणाम आउने गरेर कामकार्वाही अघि बढाउने बताए ।

समग्र पलांताको विकास र सम्बृद्धिका सवालमा पालिका सरकार अघि बढेको छ । त्यसमा आफुहरु एक अंग भएकाले ५ वर्षे कार्यकालमा केही न केही देखिने गरेर विकास निर्माणका काम गर्ने बताउदै विगतको पलांता नभई जनतामा उमंग आउनेमा आफु सहितको टोलि लागि परेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित