बाजुरा संगको सिमा विवाद हल गर्न पलाता वासीको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । पलाता वासीले वाजुरा जिल्लासंगको सिमा विवाद हल गर्न स्थानियले माग गरेका छन। पलाता गाउँ पालिका को आयोजना तथा मेगा कर्णाली मिडिया प्रा.लि. को सहजिकरणमा भएको आर्थिक वर्ष २०७९/०८० मा भए गरेका कामको सार्वजानिक सुनुवाई गरिएको छ ।

पलाता वडा नम्बर १ का वडा अध्यक्ष मनरुप न्यौपानेको अध्यक्षता तथा गाउ पालिका उपाध्यक्ष अलै पुरा हमाल को उपस्थितिमा भएको कार्यक्रम का सहभागीहरुले सो कुरा उठाएका हुन ।

पलाता १ का छत्र कार्किले सिमा विवादमा समस्या समाधान गर्न वडा सरकार गम्भिर नभएको आरोप लगाएका छन। वडामा भएका विकास निर्माण तथा अन्य कामकारवाहीमा समन्वयको अभाव रहेको बताए।

सिमा विवाद सम्बन्धमा बाजुरा जिल्ला प्रशासनले समय नदिएको बताउदै कानुनी प्रक्रिया का लागि पहल भैरहेको बताउदै पलाता १ का प्रथम वडा अध्यक्ष मान बहादुर भण्डारीले सबै समुदायको सल्लाह अनुसार समस्याको निकाल्ने बताए । पलाता गा .पा .उपाध्यक्ष अलैपुरा हमालले वडा नम्बर १ लाई प्राथमिकतामा राखेर आफू अघि वढ्ने प्रतिवद्धता जनाएकी छन ।

वडाका काम कार्वाही र विकास निर्माणका कामको बारेमा वडा सचिव बालऋषि न्यौपानेले एक करोड २९ लाख प्राप्त भएको र ८ लाख पचास हजार फिर्ता गएको विवरण सार्वजनिक गरिएको सहकर्मि धनकर्ण विकले जानकारी दिएका छन।

पलाता वडा नम्बर २ र ३ को सार्वजनिक सुनुवाई विहवार हुने बताइएको छ । पलाता का सबै वडामा १८ गते सम्म सार्वजानिक सुनुवाइ सम्पन्न गर्न बताइएको छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित