खिनमा स्वस्थ्य र शिक्षाका समस्या हल गरिन्छ-वडा अध्यक्ष बम

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिका वडा नम्बर ५का वडा अध्यक्ष तिलक बमले वडाको समग्र विकासका लागि आफु लागि परेको बताएका छन । आर्थिक वर्ष २०७९।०८०को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष बमले पहिलो वर्ष अनुभवको वर्ष भएकाले आगामि दिनमा जनताका समस्यालाई पहिलो प्राथमिकतमा राखेर अघि बढ्ने बताएका छन ।

पलांता सरकारले पहिलो वर्ष अघिल्लो कार्यकालमा गरेका कामको भुक्तानि दिनु पर्ने भएकाले सोचे अनुसारको काम गर्न नपाएको बताउदै वडामा भए गरेका कामको बारेमा आफुले सक्दो सम्म हल गरेको बताएका छन ।

सो कार्यक्रममा पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमालले आफ्नो उपाध्यक्ष कोषबाट सबै वडामा महिलाहरुका हितका लागि काम गर्ने बताएकी छन ।पलांता गाउँ पालिका वडा स्तरमा समुदायले शिक्षा र स्वस्थ्य क्षेत्रका लागि विशेष ध्यान दिन आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित