पचालझरनामा कृषि क्षेत्रमा विउ बैंक स्थापना गर्छाै–- परेक बहादुर शाही

7
SHARES
15
VIEWS

कालीकोट,असार ।पचालझरना गाउँ पालिकाका कृषकहरुलाई विउ बैंक स्थापना गरी रैथाने वालिको संरक्षणमा लागि परेको कृषि शाखा प्रमुख परेक बहादुर शाहीले बताउनु भएको छ ।
पचालझरनामा उत्पादन हुने रैथाने बालिहरु कागुनु,चिनु,फापर,कोदो लगाएतका बालि व्यापक रुपमा उत्पादन गर्नका लागि विउ बैंकको स्थापना गरिने बताउदै विगतका वर्षहरुमा भन्दा आगामी वर्षमा कृषि क्षेत्रबाट आत्मनिर्भर हुनका लागि बनाइएको योजना अनुसार बजेट व्यवस्थापन भएमा कृषिमा व्यापक सम्भावना रहेको छ । यस आर्थिक वर्षमा पचालझरनाका हरेक वस्तिहरुमा विभिन्न जातका १४ हजार विरुवा वितरण गरिएको प्रमुख शाहीले बताउनु भएको छ । वहांका अनुसार स्याउका विरुवा ४ हजार,ओखरका २ हजार वितरण गरिएको छ भने अनारका ४ हजार,सून्तला जातका ३ हजार ८ सय, कागति लगाएतका विरुवा वितरण शुरु गरेको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा कृषि क्षेत्रमा काम गर्ने कृषकहरुलाई कांटछांटका लागि सामाग्रिहरु वितरण गरिनुका साथै विउ समेत बांडिएको बताउनु भएको छ । त्यसै गरी कुपोषण उन्मुलनका लागि हरियो साग सब्जिको व्यापक प्रयोगका लागि कृषि शाखाले अभियान समेत संचालन गरेको बताउनु भएको छ ।कृषि शाखा प्रमुख शाहीले मौषमि तथा बैमौषमि तरकारी उत्पादन गरी पहिलो आफुले प्रयोग गर्ने र बचेको विक्रि गर्ने बानिको शुरुवात भएको बताउनु भएको छ । पहिले पहिले उत्पादित कृषि वस्तु बजारमा विक्रि गर्न लाज मानेर बांडी खाने चलन हटेको र किनेर खाने चलन बसेकोमा खुशि व्यक्त गर्दै कृषि शाखाले दिएको विउ भुटेर खाने चलनलाई स्मरण गर्दै थोरै सहयोगमा धेरै फाइदा लिने कृषकहरु पनि छन तिनिहरुको क्षमता अभिबृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउन स्थानिय तहहरुले जिम्मेवार बन्नु पर्नेमा शाहीको सुझाव रहेको छ ।

जिल्लाका अन्य स्थानिय तहहरुमा कृषिमा उचित बजेट व्यवस्थापन गर्ने गरेको भएपनि पचालझरना गाउँ पालिकामा आर्थिक वर्ष २०७६।०७७मा पेश गरेको १ करोड३३ लाखमा मात्र ३० लाख बजेट विनियोजन हुंदा कृषिमा भने अनुसारको काम नभएको बताइएको छ ।
कृषि विभागका संयोजक डम्बर टमट्टाले विगत वर्षको भन्दा आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनु भएको छ । गत वर्षको भन्दा दोव्वर बजेट विनियोजनमा आफु लागि परेको बताउदै संयोजक टमट्टाले कृषिमा नमुना काम गर्ने पक्षमा रहेको वडा अध्यक्ष तथा कृषि विभाग संयोजक डम्बर टमट्टाको भनाइ रहेको छ ।

यस सम्बन्धमा पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलले स्वस्थ्य,शिक्षा, रोजगार,कृषि लगाएतका क्षेत्रलाइ समान ढंगले प्राथमिकतामा राखेको बताउदै संघिय सरकारको निति विधिमा रहेर बजेट विनियोजन गरिएको बताउनु भएको छ ।वहांले कृषि क्षेत्रलाई ओझेलमा नपारेर बजेट विनियोजनको तयारीमा गाउँ पालिका लागि परेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित