सम्पूर्ण समुदायलाई एकिकृत नमना वस्ति बनाउछौं –वडाध्यक्ष फर्साल

7
SHARES
15
VIEWS

कालीकोट,असार । रास्कोट नगरपालिकाका प्रवक्ता तथा वडा न.६का वडाध्यक्ष टक्क फर्सालले नगरका वडा न. ६ र ७का सबै वस्तिहरुलाई एकिकृत नुमना वस्तिमा परिणत गर्ने बताउनु भएको छ ।

रास्कोट नगरपालिकाको पोखरी चौर देखि बड्डाला हुंदै गोर्खालि गाउँ सम्म सडक बस्ति भएकाले सो क्षेत्रमा जोडेर बजारीकरणका साथै औधोगिक क्षेत्र बनाई कृषिका साथै व्यवासायि बनाउनका लागि योजना बनाइएको बताउनु भएको छ । नगरपालिकाले क्वारेन्टाइन स्थापना गरेको पोखरीचौर तथा त्यस आसपासका क्षेत्रमा स साना उद्योग तथा व्यवसायि केन्द्र बनाई आत्मनिर्भर बनाउनका आफुहरुले पहिलो प्राथमिकतामा राखेको वडाध्यक्ष फर्सालले बताउनु भएको छ ।

आफुले वडाध्यक्ष भइसके पछि वडा न. ६मा रहेका ३ सय ३३ घरधुरी मध्ये यस वर्ष एक सय ३५ घरधुरीमा मिटर सहितका धारा जडान भइसकेको र बांकी रहेका घरमा आर्थिक वर्ष २०७७।०७८मा सम्पन्न गर्ने तयारीमा रहेको बताउदै शिक्षा क्षेत्रमा भौतिक संरचना निर्माणको काम धमाधम भएको बताउदै  शिक्षालाई  गुणस्तर कायम गर्ने पक्षमा आफुले उचित ध्यान दिदै आएको छु । वडा न. ६का सबै टोलम सडकको पहुंच पुगको र त्यसलाई स्तर उन्नति गरी थप विस्तार गर्ने समेत बताउनु भएको छ । कर्नालि संचार संग कुरा गर्दै वडा अध्यक्ष फर्सालले फरक प्रसंगमा साविकको स्युना गाविसको वडा न. ९ बड्डाला गाउँको सहकार्यको पद्धतिलाई थप व्यापक बनाउने र अन्य गाउँका समुदायहरुले वड्डालाबाट सिक्ने वातावरण सृजना गर्ने दावि गर्नु भएको छ ।

बड्डाला गाउँमा विगत २०५१ साल देखि गाउँमा हुने काममा सहयोग गरेर थोरै लगानिमा ठुला काम गर्ने गरेका छन ।शुभ तथा अशुभ कामहरुमा सामुहिक रुपमा सहकार्य मार्फत हल गर्ने परिपाटी छ त्यसलाई विकास गरी सहकारी मार्फत अगाडी बढ्ने  लागिएको बताउदै वडाअध्यक्ष फर्सालले बाकी कार्याकालमा वडालाई नमुनाका रुपमा बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

वड्डाला गाउँमा तत्कालिन स्युना गाविसका उपाध्यक्ष परिमल फर्सालको अगुवाईमा गाउँ भित्रका घरनिर्माण लगाएतका ठुला काम गर्दा गवारी गर्ने व्यापक चलन रहेको छ । गाउँमा विवाह,बर्तबन्ध तथा अन्य राम्रा कामहरुमा सबै गाउँले सहयोग गर्ने र काजक्रिया लगाएतका काममा समेत सहयोग गर्ने चलन अहिले सम्म रहदै आएकोमा अब प्रत्यके टोल टोलमा सहकारी समुह गठन गरी गवारीको चलनलाई सहकारी पद्धतिमा अगाडी बढ्छौं विगतको भन्दा अझै नमुनाका रुपमा गाउँको पहचिान हुनेमा दुई मत नरहेको वडा अध्यक्ष फर्साको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित