रास्कोटको स्युनाका एक सय २४ घरमा धारा जडान,स्थानिय खुशि

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको वडा न.४का बाहुन स्युनामा एक घर एक धारा जडान भए संगै खानेपानि संचालनमा आएका छन ।रास्कोट नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा हुरुण्डेक नेपालको प्राविधिक तथा सहयोगमा साझेदारीमा संचालित खानेपानि आयोजना मार्फत एक घर एक धारा जडान गरिएको हो ।

आइतवार खानेपानि आयोजनाको स्थलगत अनुगमन संगै वडा न.४का वडा अध्यक्ष दिनेश संज्याल सहितको प्राविधिक टोलिले अनुगमन गरे संगै खानेपानि संचालनमा ल्याइएको हो । सिस्ने मुल बाहुन स्युना खानेपानि तथा सरसफाई आयोजनामा उक्त वडामा खानेपानिको पहुंच पुगेको हो । खानेपानि सुचारु भएसंगै स्थानियमा खुशियालि छाएको छ ।

रास्कोट नगरपालिकामा यस अघि युनिसेफ नेपाल र रास्कोट नगरपालिकाको साझेदारीमा खानेपानिका एक धारा एक धारा संचालनमा ल्याइएको थियो र रास्कोटका अधिकांस वडामा एक घर एक धारा जडान भई स्वच्छ खानेपानिको पहुंच पुगेको रास्कोट नगरपालिकालाई उदृत गर्दै सहकर्मि टिकाराज उपाध्ययले जनाएको छ ।

रास्कोट नगरपालिकामा पछिल्लो समय भौतिक संरचना,सडक तथा खानेपानिमा उल्लेखनिय काम भएको र जनताको रचनात्मक सल्लाह सुझाव मार्फत काम तिव्रतामा अघि बढेको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले बताए । पछिल्लो समयमा रास्कोटको मिनि मार्केटले स्थान पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित