पलांताका महिलासंग उपाध्यक्ष कार्यक्रम संचालन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पलांताका महिलाहरुको आय आर्जन तथा आत्मनिर्भर बनाउनका लागि महिला संग उपाध्यक्ष कार्यक्रम संचालन गरिने बताएकी छन । पलांता गाउँ पालिकाले एकल महिलाका साथै समग्र महिलाहरुको हितमा आफुले केही कार्यक्रम ल्याएर समुदायमा अघि बढ्ने बताएकी छन । सार्वजनिक सुनुवाई कार्यक्रममा जनताका सुझावहरु संकलन हिंडेकी उपाध्यक्ष हमालले जनताका समस्या हल गर्न आफु एकल महिला भएपनि अग्रसर भएको बताएकी छन ।
आफुले यस वर्ष जनता संग उपाध्यक्ष कार्यक्रम संचालन गर्ने र दिदीवहिनिको समस्या बुझ्न हातेमालो गर्दै अघि बढ्न आफु लागि परेको बताएकी छन । उपाध्यक्ष हमालले आफुले पहिलो वर्ष केही गरौं भन्दा भन्दै बजेट अभावमा नभएको स्पष्ट पादै यस वर्ष कार्यक्रम गरेर महिलाहरुको हित हुने गरी कार्य गर्न आफु लागि परेको बताएकी छन ।
अहिले पलांता गाउँ पालिकाका विभिन्न ठाउँमा योजनाहरु काम सम्पन्न भएको तर ति योजनाको उति बेला रकम निश्चित नभएकाले अहिले ति योजनाहरुको भुक्तानि माग्न आउदा दोब्बर दावि गरेको समेत बताएकी छन ।

उहिलेको सरकारले अहिले सहकार्य गरेर अघि बढेको भए समस्या समाधानको लागि सहज हुने उनको भनाई ।पालिका उपाध्यक्ष हमालले अघिल्लो सरकारले लगाएको उधारो रकम तिन पहिलो वर्ष खर्चिनु परेको बताएकी छन ।

पलांता गाउँ पालिकाले यस अघि विना सम्झौता तथा निणर्य नगरेर मनोमानि योजनाहरु बांडेका कारण अहिले भने जस्तो काम गर्न कठिनाई भएको बताउदै उपाध्यक्ष हमालले केही हद सम्म बजेट व्यवस्थापन गरिएको बताइन । उनले भनिन पुरानो काम भएको अहिले सोही ठाउँमा बजेट व्यवस्थापन गर्दा नितिगत रुपमा नमिल्दा कठिनाई हुने गरेको बताउदै प्रक्रियागत रुपमा लागि पर्ने समुदायलाई समस्या आउने काम नगर्ने बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित