पलांताका विद्यालय प्रविधि मैत्रि बन्द,सरस्वति माविमा अध्यक्ष रोकाया द्धारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा विद्यालय प्रविधि मैत्रि बन्न थालेका छन । जिल्लाका विभिन्न स्थानिय तहले पढाउनका लागि सहज हुने गरी विद्यालयमा प्रविधि जडान गर्न थालेका छन ।रास्कोट नगरपालिका,पचालझरना र पलांता गाउँ पालिकाले विद्यालयमा  प्रविधि जडान गरेर शिक्षामा पठनपाठन शुरु गरेका हुन ।

पलांता गाउँ पालिकाको राडुनेटामा रहेको सरस्वति माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड राखेर पढाई शुरु गरिएको बताइएको छ । सो विद्यालयका प्रधानध्यापक सर्जन प्याकुरेलका अनुसार विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थिहरुलाइ पढाउन मिल्ने गरी प्रविधि जडान गरिएको बताए । विद्यालयमा पठन पाठनमा डिजिटल युक्त बाेर्ड मार्फत विद्यार्थिलाई पढाउन सजिलो र पाठ्यपुस्तकको समेत प्रविधि मैत्रि बने संगै शैक्षिक क्षेत्रमा सहजता आउने भएको छ ।

पलांता गाउँ पालिकाकामा रहेका ९ वटा माध्यमिक विद्यालय,३० वटा अाधारभुत विद्यालयमा  स्मार्ट बाेर्ड संचालनमा ल्याइएको शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीले बताए । उनले भने पहिलो पटक जम्मा सरस्वति मा वि राडुनेटा र दुदेसिल्ला मा वि बेर्सेनकाेटमा स्मार्ट बाेड जडान गरिएको र प्रभावकारीता हेरेर सबै विद्यालयमा शुरु गरिने बताए । त्यसै गरी सरस्वति मा वि थिर्पुमा प्राेजेक्ट मार्फत पठन पाठन भएकाे र पालिकाका सबै विद्यालयमा सुचारू गरिने बताए । शाखा प्रमुख भण्डारीले राष्टपति शैक्षिक सुधार कार्यक्रम मार्फत स्मार्ट बाेड संचालन गरिने बताएका हुन ।

स्मार्ट बाेड र अन्य अवस्थाका बारेमा बुझ विस्तार गर्न पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले सरस्वति माध्यमिक विद्यालयमा संचालनमा आएको प्रविधि युक्त बोर्ड सहित विद्यालय अनुगमन गरेका छन । उक्त विद्यालयमा संचालनमा रहेको सुस्वा परियोजनाको ८ कोठे सौचालयको समेत अनुगमन गरेका हुन । अनुगमनका क्रममा अध्यक्ष रोकायाले विद्यालयमा जडान गरिएको प्रविधिको सुरक्षा गरेर प्रभावकारी ढंगले फाइदा लिनु पर्नेमा जोड दिएका छन ।

अध्यक्ष रोकायाले भने अहिले प्रविधिको युगमा अधिकतम सदुपयोग गर्न सक्नु पर्छ तर पछि दिर्घकालिन नभएर उहि पुरानो अवस्थामा आउनु राम्रो नहुने बताएका छन । पलांता सम्बृद्धिका लागि शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउन भाषणमा भन्दा व्यवहारिक रुपमा लाग्नु पर्ने बताएका छन ।

पलांता गाउँ पालिकामा हाल ९ वटा मा.वि ३० वटा आधारभुत र ५४ वटा बाल विकास केन्द्र रहेकाे पलांता गाउँ पालिकाले जनाएकाे छ । अागामि वर्ष विद्यालय मर्जरको निति समेत अघि सारेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित