अवरुद्ध कालीकोट बाजुरा सडक निर्माण कार्य शुरु

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय देखी विवादीत पलाताको राफ डांडा देखि वाजुरा सिमा सम्मको अवरुद्ध सडक निर्माण  कार्य शुरु भएको छ। सिमा विवादका कारण बाजुराको स्वामिकात्तिक गाउँ पालिकाले काम गर्न रोके पछि दुबै पक्ष विच भएको छलफल भए संगै रोकिएको काम सुचारु भएको छ ।

पलाता गाऊँ पालिका वडा नम्बर १ का अध्यक्ष मनरूप न्यौपाने सहितको टोलीले बाजुरामा गएर छलफल पछि सडकको काम शुरु भएको हो। वडा अध्यक्ष न्यौपानेले यस अघि मिलोमतो भएको आरोप लागेको भएपनि  दुवै पक्ष विच वसेर सहमति भएको  बताए ।

अब सुदुरपश्चिम संग कर्नाली प्रदेश जोडीने भएको छ भने मुगुको रारा जोडन सहज भएको स्थानियले बताए। यस अघि पलाता गाउँ पालिकाका वडा नम्बर १ का पूर्व अध्यक्ष मान बहादर भण्डारीले सिमा विवाद सम्बन्धमा हल गर्न सहज गराउने बताएका थिए।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले जिल्ला प्रशासन कार्यालय बाजुरा र कालिकोट प्रशासन विच द्विपक्षिय छलफल गरेर सिमा विवाद समाधान गर्न सरकार लागि परेको बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित