नरहरिनाथमा हावाहुरीले मकै वालि नष्ट,कृषक मर्कामा

7
SHARES
15
VIEWS

कालीकोट । विपदमा नरहरिनाथ गाउँ पालिकाले विभिन्न समस्या झेल्दै आएको छ । गएको वर्ष सबै भन्दा बढि मानविय क्षति भएको नरहरिनाथ गाउँ पालिकामा यस वर्षको शुरुवातमै वालिनालि नष्ट भएको छ ।

नरहरिनाथ गाउँ पालिकामा लगातारको वर्षा र हावाहुरीका कारण नरहिरनाथमा मकै वालि नष्ट भएको छ । नरहरिनाथ गाउँ पालिका वडा न.६ र ७ माल्कोटका अधिकांस बस्तिमा मकै वालि हावाहुरीले सखाप पारेको कृषकहरुले बताएका छन ।

स्थानिय कृषक पदमलाल विकका अनुसार गएराति माल्कोटको माथिल्लो क्षेत्र सलेना,दुदलि,राताखाल,बांगा,गुव्लागाड लगाएतका खेतबारीमा मकै वालि नष्ट भएको बताइएको छ ।नरहरिनाथ गाउँ पालिकाको प्रमुख वालिका रुपमा उत्पादन हुने मकैको घोगा लाग्ने समयमा ढलेर नष्ट भएपछि भोकमारी हुने चिन्तामा कृषकहरु रहेको बताइएको छ ।

नरहरिनाथ गाउँ पालिका कृषि शाखा प्रमुख भिम बहादुर वलिले सो क्षेत्रमा मकै वालि नष्ट भएको जानकारी आएको बताएाक छन । उनले आफु बाहिर भएकाले क्षतिको एकिन विवरण भन्न नसकिने बताउदै उक्त क्षेत्रमा कृषकहरुको वालिनालिको विवरण संकलन गर्न कृषि शाखा लागि पर्ने बताए । उनले भने वडा अध्यक्ष संगको परामर्शमा ६० रोपनिको हाराहारीमा मकै बालि नष्ट भएको अनुमान गरिएको बताए ।

मकै वाली नष्टका वारेमा नरहरिनाथ गाउ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष खाम्मा वटालाले फोन कल उठाएनन ।

नरहरिनाथ गाउँ पालिकामा कृषिमा आत्मनिर्भरका लागि आकाशे पानिको भरमा लगाइने खेतिमा वर्षायाममा समेत नष्ट हुने समस्याले कृषकहरु मर्कामा परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित