वडा सरकार द्वारा राडुनेटामा मिल संचालन,स्थानिय खुशी

7
SHARES
15
VIEWS

कालीकोट । पलाताको राडुनेटामा पिसानी मिल संचालन गरिएको छ । पलाता गाउ पालिका वडा नम्बर २ को राडुनेटामा कुटानि पिसानि मिल वडा अध्यक्ष भीम प्रसाद न्यौपानेले औपचारिक उद्घाटन गरेका हुन । उक्त मिल संचालनमा आएपछि पलाता वडा नम्बर २ र ३ का समुदायका लागि ठुलो राहत मिलेको छ।

पलाता वडा नम्बर २का लार्फ , बान्जाडा, मिजुबाडा , खाडा र वडा नम्बर ३को धौलागाउ , नेटा लगाएतक समुदायलाई लामो दुरीमा भारी बोकेर अन्न वाली पिसानीका लागि जानु पर्ने बाध्यता हटेको छ । समुदायको हितका लागि मिल संचालन गरिएको बताउदै वडा अध्यक्ष भीम प्रसाद न्यौपानेले दिर्घकालिन रुपमा संचालन गर्नु पर्नेमा समुदायलाई आग्रह गरेका छन।

मिल संचालनको लागि महेन्द्र भट्टले जग्गा दान गरेको बताइएको छ । मिल संचालन व्यावस्थापन समिति अध्यक्ष याम प्रसाद न्यौपानेले वडा सरकारलाई हस्तान्तरण गरिएको समिति सचिव दिनेश दमाइले बताएका छन । उक्त मिलको लागत १० लाख रहेको वडा अध्यक्ष न्यौपानेलाइ उद्धृत गर्दै सुर्य बहादुर विकले जनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित