लालुमा बन्यो दुइ महिना भित्र वडा कार्यालय भवन

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाको वडा नम्बर ८ को भवन सम्पन्न भएसँगै सेवा सुचारु भएको छ । यस अघि भाडामा ठांटीकोट मा सेवा दिदै आएकोमा नयाँ भवन रहेको मूल पानिमा वडाका सेवा सुविधा सुचारु गरिएको छ।

कर्नाली प्रदेश सरकारको ४० लाख र समुदायको जनश्रमदान १२ लाख गरी कुल ५२ लाखमा ५३ दिनमा भवन सम्पन्न भएको वडा अध्यक्ष लाल बहादुर विष्टले बताएका छन् । उनका अनुसार आर्थिक वर्ष को सुरुवाती साउन १ गते देखि नयाँ भवनबाट  सेवा सुचारु गरिएको छ।

केही दिन अघि धार्मिक संस्कार अनुसार पूजापाठ गरी सेवा सुविधा सुचारु गरिएको थियो । स्थानियबाट जग्गा खरिद गरी भवन निर्माण भएपछि स्थानियलाई सेवा दिन सहज भएको बताइएको छ । पछिल्लो  समय स्थानिय निकायका भौतिक संरचना निर्माणका कामले निरन्तरता पाएको छ अधिकांश स्थानिय निकायले यस वर्ष भौतिक संरचनामा जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित