पचालझरनामा कृषकलाई ८ हजार विरुवा वितरण

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिकाले कृषकहरुलाई फलफुलका विरुवा वितरण गरेको छ ।

गाउँ पालिकाका कृषकहरुलाई अनार,कागति र सुन्तलाका विरुवा वितरण गरिएको हो । पचालझरना गाउँ पालिका कृषि शाखा प्रमुख परेक बहादुर शाहीका अनुसार पचालझरना गाउँ पालिकाकाका कृषकहरुलाइ कागतिका विरुवा ६ सय,सुन्तला ३ हजार र अनारका ५ हजार गरी जम्मा ८ हजार छ सय विरुवा वितरण गरिएको बताउनु भएको छ ।

यस अघि कृषि शाखाले स्याउका  ४ हजार,ओखरका २ हजार विरुवा वितरण गरेको बताइएको छ । कृषि सम्बन्धि कृषकहरुलाई सामाग्रि तथा विउ विजन र पोलि हाउस समेत वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित