यि हुन माओवादी एकताका मार्गचित्र-भरत सी

7
SHARES
15
VIEWS

पछिल्लो समय व्यापक रुपमा समाजवादी मोर्चा गठन संगै माओवादी घटकहरु एकताको चर्चा चल्न थालेको छ । सोही क्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य भरत वम ( रणवीर) ले माओवादी एकताको मार्ग चित्र अघि सारेका छन। जुन निम्नानुसार रहेका छन।

माओवादी एकताका मार्ग चित्रहरु

१) माओवादी एकताको लागि क. प्रचण्डले भने जस्तो `संसदीय फोहोर मैलो पखाल्नु पर्ला´ कि क. प्रभाकरले भने जस्तो `विप्लवले गल्ती स्विकार्नु पर्ला ?´ हाम्रो विचारमा क. प्रचण्डले भने जस्तो गरेपछि र भएपछि एकता हुन्छ र गर्नुपर्छ । साथै कुनै एउटाले हैन कि सबै नेताले आत्मसमिक्षा गर्न आवश्यक छ । लाग्छ कि प्रमुख नेता (प्रचण्ड र विप्लव ) ले आत्मसमिक्षा गरेका पनि छन तर जसले गरेका छैनन उनले अरुलाई मात्रै उपदेश दिरहेका छन । साथै यो पनि सत्य हो कि माओवादी एकताको लागि क.प्रभाकर र क. अनन्त सहमत हुनु आवश्यक हुन्छ र हुने पनि छन।

२) कारण बिनाको परिणाममा सिमित वा केन्द्रित हुनु अर्ध-ज्ञान हुनु हो । माओवादी सक्तिशाली र कमजोर हुनुको कारण छ । हाम्रो विचारमा देश र जनता तथा सामुहिक स्वार्थका लागि माओवादीले गरेको त्याग, समर्पण र बलिदानको कारण उ शक्तिशाली भयो तर म र मेरो तथा ब्यक्तिगत स्वार्थका लागी जे पनि गर्ने दिशा समातेपछी उ कमजोर भयो र फुट्यो पनि ।

३) माओवादी एकताको लागी जनयुद्धकालिन सामुहिकता, निश्पक्षता, समानता, त्याग, समर्पण र बलिदानको कम्तीमा २५% मात्रै पुनस्थापना गर्न र हुन आवश्यक छ खासगरी माओवादी केन्द्रमा भने नेकपामा त जनयुद्धकालिन मुल्य / मान्यता मौज्दात छ उसले विगतबाट सिकेर सतर्क बन्दै नबिग्रीए पुग्छ ।

४) माओवादी एकता आजको बस्तुगत आवश्यकता हो तर यसका विरुद्ध `चेनी डक्ट्रीन´ खतरापूर्ण ढंगले लागू भैरहेको छ । यो इराक युद्धताकाको अमेरिकी उपराष्ट्रपति डिक चेनीसग जोडिएको निति हो । जसले नभएको कुरालाई उचालेर सम्भावनाबाट मान्छेको ध्यान अर्कोतिर मोडिदिन्छ । उता त्यसको सिद्धान्त `वार अफ च्वाइस´ ( युद्धको रोजाइ ) थियो भने यता त्यो `पावर अफ च्वाइस´( शक्तिको रोजाइ ) मा व्यक्त भैरहेको छ ।

५) माओवादीले एकपटक जनयुद्ध सम्झौ, सहिद, बेपत्ता र घाइते सम्झौ ती क्रान्तिकारी जनता सम्झौ । अब मेरालागि हैन कि फेरि देश, जनता तथा सामुहिक स्वार्थका लागि आफुलाई समर्पण गरौ । भविष्यमा जनयुद्ध र माओवादीलाई अपराधी साबित गरि दण्डित गर्ने वर्ग दुश्मनको रणनीति असफल बनाउन माओवादी एकताको लागि सकिन्छ सकारात्मक योगदान गरौ सकिदैन बिरोध र अबरोध नगरौ । अहिले समाजवादी गणतन्त्रको लागि समाजवादी मोर्चा प्रभावकारी बनाउ । किनकि परिवर्तन बिज्ञानको नियम हो । माओवादी मात्रै होइन सबै कम्युनिस्ट र समाजवादीको एकताको वकालत गर्दै ब्यबहारिक रुप दिउ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित