कालिकाेट । हिमचुली कृषि सँस्था लिमिटेड ले जिविकाेपार्जन सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको बताईएकाे छ । कार्यक्रममा पचालझरना गाउँपालिका वडा नँ ९ का वडा अध्यक्ष ललिजङ बहादुर शाहीको अध्यक्ष्ातामा भएको कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीकाे प्रमुख आथित्यता र हिमचुली कृषि सहकारी सँस्थाकाे अध्यक्ष सराेज बाेगटीकाे बिशेष आथित्यता र हिमचुली कृषि सहकारी सँस्था लिमिटेड कालिकोट का मुख्य ब्यबस्थापक जगेन्द्र आचार्य , पशु सेवा शाखा प्रमुख बिरेन्द्र बहादुर बम कार्यक्रममा जिबिकाेपार्जन ब्यबसायिक बार्खा पालनका कृषक २५ जना सहभागी लाई जनही ४ वटाका दरले बितरण गरिएको बताईएकाे छ । आर्थिक बर्ष २०८२/०८३ काे बजेट बिनियाेजन भएको कार्यक्रममा पचालझरना गाउँपालिका वडा नँ ९ मा आर्यआर्जनका लागि बाख्रा पालन गर्ने कृषकलाई बितरण गरिएको हिमचुलि कृषि सहकारी सँस्था लि .पचालझरना सेवा केन्द्र ब्यबस्थापक पुष्प प्रसाद उपाध्ययले जानकारी दिनुभएको बताईएकाे छ । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शाहीले हरेक मानिसको जीवन स्तर उकास्न सानाे सानाे पुजीबाट कडा मेहनत र परिश्रमले धनी भएको बताउदै सरकारले गरेका हरेक काममा सहकारीको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको छ । यस अघि पनि कृषकहरुलाई विभिन्न समूह बनाईआधुनिक सुधारिकाे खाेर निर्माण गरि बाख्रा बितरण गरिएको थियाे ।