सबै चुनौतिको सामना गरेर यहि सरकार ५ वर्ष सम्म अघि बढ्छ-कांग्रेस नेता गिरी

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरण गिरीले वर्तमान गठबन्धन सरकार ५ वर्ष सम्म संचालन हुने बताएका छन। नेपाली कांग्रेसको पार्टी सुदृढीकरण अभियान अन्तरगत कालीकोट आएका नेता गिरीले उग्र दक्षिणपंथि र उग्र वामपंथी अराजक गतिविधि विरुद्ध सरकारले जनअपेक्षा अनुसार काम गरेको बताउदै राष्ट्र हित र संघियता व्यावस्थाको संस्थागत विकास गर्दै अघि बढाउन नेपाली कांग्रेस लागि परेको दावि गरेका छन । प्रेस युनियन कालीकोट ले आयोजना गरेको पत्रकार भेटघाट लाई सम्बोधन गर्दै नेता गिरीले वडा देखि जिल्ला हुदैं केन्द्रमा पार्टी सुद्धिकरण गर्न अभियान संचालन गरिएको र यस अभियानले पार्टी थप सुदृढ हुने दावि गरेका छन।

नेपाली कांग्रेस कालीकोट का सभापति अम्म बहादुर शाही , प्रदेश कमिटी सदस्य दमन शाही लगाएतका नेताहरु सहितको उपस्थिति रहेको थियो।

प्रेस युनियन कालीकोटका अध्यक्ष नमराज योगीको अध्यक्षतामा भएको उक्त पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेस कालीकोटका सभापती अम्म बहादुर शाहीले साउन २५ गते जिल्ला स्थित सबै स्थानिय तहका सभापति, जनप्रतिनिधि, जिल्ला तथा प्रदेश कमिटी पदाधिकारी तथा सदस्य र भातृ संस्थाका प्रमुख हरुको उपस्थितिमा अभियान उद्घाटन गरिन बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित