शम्भुनाथका प्रअ बराल माथि आक्रमण,सर्वत्र निन्दा

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिका वडा न.४मा रहेको शम्भुनाथ आधारभुत विद्यालयका प्रधानध्यापक लक्ष्मि प्रसाद बराल माथि आक्रमण भएको छ ।स्थानिय क्षेत्र बहादुर शाहीले विद्यालयमा पठनपाठनको समयमा कार्यालयमा बसेको अवस्थामा प्रधानध्यापक बराल माथि विना कारण आक्रमण गरेको बताइएको छ ।

स्थानियका अनुसार विना कारण आक्रमण भएपछि सख्त घाईते भएका प्रधानध्यापक बरालको स्वस्थ्य चौकी स्युनामा उपचार भइरहेको छ । उक्त घटनाका बारेमा दोषि उपर कार्वाही गर्न अनुरोध गर्दै शिक्षा शाखा रास्कोट,नेपाल शिक्षक महासंघ , प्रगतिशिल शिक्षक संघ लगाएतले चर्काे विरोध जनाउदै विज्ञप्ति मार्फत कडा निन्दा गरेका छन ।

सबै भन्दा अव्वल शिक्षकका रुपमा लामो समय प्रधानध्यापकको भुमिका निर्वाह गर्दै आएका बराललाई आक्रमण गर्नु राम्रो काम नभएको बताउदै सर्बत्र चर्काे विरोध भएको छ ।

क्षेत्र शाही बडिमालिका मावि स्युनामा कार्यरत शिक्षक हुन भने उनले रास्कोट नगर सरकारको अनुदान कोटा काटिएको र उक्त कोटामा आफ्नो श्रीमति सरला शाहीलाई हटाइएको भन्दै शम्भुनाथ आधारभुत विद्यालयका प्रधान ध्यापक लक्ष्मि प्रसाद बराल माथि आक्रमण गरिएको बताइएको छ । सो सम्बन्धमा वडा न.४का वडा अध्यक्ष दिनेश संज्याललाइ सम्पपर्क गर्न  खोज्दा कल उठ्ने सकेन ।
रास्कोट शिक्षा शाखा प्रमुख खेमराज शाहीले शिक्षक माथिको आक्रमण हुनु राम्रो नभएको र उक्त घटनाले शिक्षा क्षेत्र त्रासमुक्त हुन नसक्ने बताए ।प्रअ बराल माथि आक्रमण गर्ने स्थानिय क्षेत्र बहादुर शाही प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित