युवा श्रम बैंक समाजवादी व्यवस्थाको पहिलो रुप हो –अध्यक्ष खड्का

7
SHARES
15
VIEWS

कालीकोट, असार । विकास निर्माणमा युवा सहभागिताको नारा ल्याएको रास्कोट नगरपालिकाले युवा श्रम बैंक देशको नमुना र समाजवादी व्यवस्थाको पहिलो खुट्किलो भएको युवा श्रम बैंक रास्कोटका अध्यक्ष पदम खड्काले बताउनु भएको छ ।

युवा श्रम बैंक गठन भएको छोटो समयमा उदाहरणिय काम गर्न सफल भएको छ भने युवाहरुले जिम्मा लिएको काम पनि नमुना हुने बताउदै यसलाई व्यवस्थित गरेर बढाउदै लैजाने योजनामा रास्कोट नगरपालिका रहेको बताउनु भएको छ । वहांले कर्नालि संचार संग कुरा गर्दै एक वर्षमा नगरपालिकाका सडक, खानेपानि, विद्यालय तथा अन्य भौतिक संरचना बनाउन सफल हुनुका साथै १२ करोडको हाराहारीमा आम्दानि लिन युवाहरु सक्षम भएका छन । त्यस भित्र महिला,पुरुष समान ज्याला कायम गरिएको र उनिहरुको भविष्यका लागि ५० वर्ष उमेर नाघेको अवस्थामा १० लाखको आर्थिक प्याकेज सहितको व्यवस्थापन गरिएको समेत बताउदै अध्यक्ष खड्काले कमाई गरेको कुल रकममा १० प्रतिशत बचत गर्ने गरेको र जिल्ला दर रेट भन्दा माथि महिनामा कमाई गरेपछि त्यसलाई युवा श्रम बैंकमा सहभागिहरुको हितकोषमा राख्ने गरेका छौं ।

श्रम बैंकका सबै युवाहरुको बैंक खाताबाट पाउने पारिश्रमिक भूक्तानि गरिन्छ अहिले काम गरेका आधारमा प्राविधिक स्टामेटका आधारमा कुल कामको गुणात्मक विधिबाट पारिश्रमिक निर्धारण गर्ने गरेका छौं ।जिल्ला दररेट तोकिए बमोजिम भूक्तानि गर्दा एक जनाले प्रत्येक दिनमा ७ सय देखि ८ सयको हाराहारीमा आम्दानि गर्ने गरेको बताउनु भयो ।
अध्यक्ष खड्काले युवा श्रम बैंकमा विपन्न,असाहय र न्युन आय भएका समुदायबाट सहभागिता गरिएको र अब एक घर एक युवा श्रम बैंकमा सहभागि गराउने तयारी गरेका छौं पहिलो चरणमा १८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको सहभागिता गर्ने भनिएपनि अहिले ४५ वर्ष सम्मका युवाहरुको सहभागिता गराउने गरी कार्यविधि बनाएको बताउनु भएको छ । प्रत्येक समुहमा अधिकतम २० जनाको सहभागिता रहेको र त्यस भित्र एक जना व्यवस्थापक,अध्यक्ष र सचिवको नाममा बैंक खाता संचालन गरिएको छ । के कति आम्दानि आउछ सोही अनुसार रकम दाखिला हुने गरेको बताउनु भएको छ । अबको योजना भनेको निरन्तर रुपमा काम गर्ने युवा श्रम बैंक हुने र आवश्यक्ताका आधारमा काम गर्ने गरी पट्के समुहहरु बनाउने हो ।

रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालको अगुवाईमा गठन भएको श्रम बैंक अहिले चार दर्जन बढि स्थानिय निकायले सिको गरेर अबधारणा लागु गर्न खोजेको बताइएको छ । देशभरबाट चर्चाका विषय बनेको श्रम बैंकले राष्ट निर्माणमा सहयोग पुगाएको छ ।

रास्कोटमा उपभोक्ता विहिन बनाएर युवाहरुले राष्ट निर्माणको भुमिका पुरा गर्नेमा कटिबद्ध हुने कुरामा वहांले दावि गर्नु भएको छ । २०७६ साल चैत्र २३ गते स्थापना गरिएको युवा श्रम बैंकले नगरपालिकाका सम्पूर्ण कामहरुको जिम्मा लिएर गुणस्तर र नमुना बनाउन सफल भएको वहांँको तर्क छ । पूर्व जनमुक्ति सेनाबाट आएका पदम खड्का (सुवास)उपनामले चिनिने गरेका छन । सैन्य अनुशासनमा रहेर हरेक काम कार्वाही अगाडी बढाउदै आउनु भएका वहांँले देश निर्माणकोे अभियानमा युवा श्रम बैंकलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित