कालीकोटका ५ स्थानिय तहले पाए प्रशासकिय अधिकृत

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका ५ स्थानिय तहमा संघिय सरकारले नयाँ प्रमुख कार्यकारी अधिकृत खटाएको छ ।

कालीकोट जिल्लाका शुभ कालिका गाउँ पालिकामा सामान्य प्रशासन मन्त्रालयबाट  दुर्गा न्यौपाने , नरहरिनाथ गाउँ पालिकामा  पुष्पराज  पौडेल, पलाता गाउँ पालिकामा  सुरेश कुमार श्रेष्ठ , सान्नित्रिवेणि गाउँ पालिकामा सर्वजित कुमार झा र महाबै गाउँ पालिकामा शोभा पाण्डेलाई खटाइएको छ। यस अघि लामो समय देखि सान्नित्रिवेणी ,पलाता , शुभकालिका र महावै गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा संचालन हुँदै आएका थिए। पचालझरना गाउँ पालिकामा भने यस अघि पूर्ण बहादुर विक प्रमुख प्रशासकिय अधिकृतको रुपमा आइसके पनि  जिल्लाका अन्य स्थानिय तह तिन नगर पालिकामा निमित्तको भरमा नगर पालिकाको काम संचालन हुदै आएको छ । यस अघि पनि सामान्य प्रशासन मन्त्रालयले   प्रमुख प्रशासकिय अधिकृत खटाएको भएपनी दुर्गममा बस्न  आनाकानी गरेकै कारण  प्रमुख प्रशासकिय अधिकृत आउने जाने क्रम चलेको छ।

संघिय सरकारलाइ भनेको बेला दुर्गमका स्थानिय तहमा कर्मचारी आउन नमान्ने र आएका कर्मचारी पनि लामो समय बस्न नसक्ने व्यथाका कारण समस्या आउने गरेको स्थानिय जनप्रतिनिधिको गुनासो रहेको छ।

अहिले आउने कर्मचारी पनि कति समय बस्ने भन्ने अन्योल रहेको जानकारहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित