माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान पूर्व कालीकोटमा विस्तारित वैठक

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको “जनता संग माओवादी विशेष रुपान्तरण अभियान”को पुर्व सन्ध्यामा नेकपा (माओवादी केन्द्र) कालीकोटको विस्तारित वैठक शुरु भएको छ ।

भाद्र १५ गते देखि शुरु हुने तिन महिने अभियान शुरु गर्न कार्यक्षेत्रको गतिविधि ,स्थानिय सरकार र पार्टीका गतिविधि र कार्य विभाजन को बारेमा छलफल गर्न विस्तारित बैठकको आयोजना गरिएको जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईले बताए।

उनका अनुसार विस्तारित वैठकमा पालिकाका पार्टी अध्यक्ष र स्थानीय सरकार प्रमुखहरुले आ आफ्ना रिर्पोट प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ।

विस्तारित वैठकमा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत लगाएतका केन्द्रिय सदस्य हरुको उपस्थिति रहेको बताइएको छ ।

अभियानमा केन्द्रीय सदस्य पालिका र प्रदेश सदस्य वडामा र जिल्ला समन्वय सदस्य टोलमा खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित