कालीकोट । पलाता गाउँ पालिकाको कालिका माध्यमिक विद्यालयले २०७३ सालमा मा वि सञ्चालनका लागि अनुमति लियो, त्यसपश्चात मावि चलाउँदै गर्दा सम्पूर्ण मा वि सञ्चालनको मापदण्ड अनुसार त्यहाँ ठाउँ बढाउनु पर्ने भयो । तर यताउता जग्गा पाइएन यस्तै समस्याका बावजूद छ वर्ष जति त्यही पुरानो ठाउँमै रह्यो मैले SEE पनि यही पढेर दिएको हो उ बेला पनि यहाँको माथिल्लो तला चुहिएर हैरान तल्लो पानी भरिएर हैरान हालत यस्तै थियो। अफिस रहेको दुई कोठा मात्रै राम्रा थिए ।
त्यतिबेला विद्यालयको व्यवस्थापन समितिमा विद्यार्थी बाट म थिए, वर्षौ सम्म धेरै पटक गाउँलेको बैठक बोलाएर विद्यालयको जग्गा बढाउनु पर्यो भवन थप्नु पर्ने भयो भन्दा कसैले जग्गा दिन मानेनन् , यो सर्वविदितै कुरा हो।
अन्तमा अब विद्यालय नै सार्नु पर्ने भयो भनेर सर्वसम्मत रुपमा गाउँलेको उपस्थितिमा नरविर भण्डारी वि व्या स अध्यक्ष भएको बेला विद्यालयको नाममा चिउडेचाका जग्गा पास गरेर भवन निर्माण सुरु भयो। भवनहरु बन्दै गए फिल्ड निर्माणको कार्य हुँदै गयो। त्यति बेला सम्म सबै राम्रै भयो। जब २०७७/०७८ सालको मध्यतिर ६ देखि १० का विद्यार्थीलाई नयाँ ठाउँमा पठनपाठन गर्न सुरु भयो।
कक्षा १ देखि ५ सम्म पुरानै ठाउँमा अहिले पनि सञ्चलान् छ, यो भवन बेला बेला विवादमा आइरहन्छ। यहा नयाँ ठाउँमा विद्यालय बन्दैगर्दा पुरानो भवन जीर्ण अवस्थामा छ साँच्चै यहाँको अबस्था निक्कै दयनीय छ।यसमा दुईमत छैन। तर पुरानो ठाउँको विद्यालयको भवन पनि माटाको छ तर दुई तले छ त्यसमा १० कोठा छन्। उतापट्टी दुइटा कोठा छन् जसमा एक अफिस र एक ECD कोठा छ। त्यो भवन पनि निक्कै जीर्ण छ।
अब तपाईं आफै विचार गर्नुहोस् दुई दुई स्थानमा कसरी एक विद्यालयको नाममा संरचना बनाउने यो सम्भब होला त? अर्को कुरा कक्षा १-३ लाई पुरानै ठाउँमा राख्ने र अन्य कक्षा नयाँ ठाउँमा लैजाने सबैको सहमति भएको त हो नी। यसको मर्मत प्रधानमन्त्री रोजगार बाट भएकै थियो, अझ पनि हुन्छ होला।
यतिका छ / सात वर्ष सम्म ECD देखि १० सम्म धानेको ठाउँमा (१-५) लागि खासै गाह्रो हुँदैन होला। मलाई लाग्छ कसैको इसारामा चलेर अर्काको भरमा फेसबुक का भित्ता नरङ्ग्यौ, यदि सबै दाजुभाइ हरु राम्रो कामको समर्थन र नराम्रो लाई आलोचना नै गर्नुहुन्छ भने भए गरेका राम्रा कामहरूमा कहिल्यै एक्यवद्धता देखाउनु भयो? नयाँ भवन त छदै छैन त्यो ठाउँलाइ चिन्दै नचिनेको जस्तो गर्नुहुन्छ। यो कत्तिको उचित हो एकछिन आफै विचार गरौँ न ?
तपाईहरु रोड खन्ने काम सुरु हुुँदा आफ्नो जग्गा दिन्न भनेर गाली गर्नुहुन्छ, खानेपानीको धारा घरमा आउँदा यो हामीलाई चाहिँदैन, पहिला के त्यही थियो के भन्नुहुन्छ ? विद्यालयको लागि आवश्यक जग्गा दिनुपर्यो भन्दा मेरो उतारबासो गर्दा म मरे नी दिन्न भन्नु हुन्छ, यो कत्तिको उचित हो त?
हामीमा जनचेतनाको कमी भएकै हो कि कसैको इसारामा चलेर तिलको पहाड बनाउँदै छौँ। यसो भन्दै गर्दा कसैले चित्त दुखाउनु पर्ने कुरै छैन किनकि यी भए गरेका घटना हुन।त्यसपछि समय समयमा विवाद उत्पन्न हुन्छ तैपनि सामाजिक सञ्जालमा। यो सबै समयको बर्बाद मात्रै हो। साथीहरु यत्रो समय फेसबुकमा लेख्नु भन्दा तपाईहरु काममा हुनुन्छ भने काम गर्नुहोस् पैसा आउँछ, पढाईमा हुनु हुन्छ पढ्नुहोस् परीक्षामा राम्रो नम्बर आउँछ, यसो भन्दा यसको बारेमा नबोल्नुहोस् भनेको होइन ? बोल्नुहोस् तर सरकारलाई घुँडा टेकाउने गरेर मात्रै फेसबुकले चर्काचर्की होला तर समस्याको समाधान हुँदैन कि ? यो एक सूचना आदानप्रदान गर्ने माध्यम मात्रै हो।
की त wireless माध्यम बाट भौतिक संरचना बन्ने हुन भने मेरो भन्नु केही छैन। तपाईहरु कहिल्यै यो समस्यालाई लिएर सरकार कहाँ पुग्नु भाको छ? के पुगेर सरकारले वास्था नगरेको हो? यहाँ शिक्षकले पढाउँदै गर्दा विद्यार्थीलाई ए तिमीले यो कुरा बुझेनौ भनेर कहिल्यै भन्नु हुन्न किनकि विद्यार्थी आफैले यो कुरा ओकल्नु पर्ने हो। यसलाई एक छिन सकारात्मक रूपले सोचेर हेर्नुहोस्?
अब नयाँ ठाउँमा भवनको अभाव भयो तुरुन्त भवन चाहिन्छ, भनेर तपाईहरु किन बोल्नु हुन्न? नयाँ भवन चुहिन्छ गुणस्तरको छैन भनेर कहिल्यै त्यसका फोटो भिडियो खिचेर सूचना आदानप्रदान गरेका छौँ? त्यसबारे बोलेको छौ? यो भनेको हलो अटक्याएर गोरु चुट्ने काम हो। यसो भन्दै गर्दा मैले अहिलेका जनप्रतिनिधि सही छन् भन्न खोजेको होईन। बरु जनप्रतिनिधि लाइ ल्याएर विद्यालय मर्मत सम्भार गर्न लगाऊ होइन भने बजेट हाल्न भनौँ।
यसरी फेसबुकमा घाटीका नसा फुट्नेगरी लेख्नु उचित नहोला यसले फल दिँदैन, बरु यसको समाधानबारे कसैले लेख्यो, सरकारलाई गाली मात्रै गरेको देखियो यहाँ यसले तपाईंको स्तर अनि शिक्षा कस्तो छ भने प्रष्ट पार्छ। यहाँ अरु केही देखिएन पार्टीगत रुपमा ग्रह दसा नमिलेको देखियो।
सही तरिकाले प्रतिपक्षको भूमिका निभाए पछि सफल भइन्छ नत्र हात्ती आयो हात्ती आयो फुस्सा हो। एक दुई दिनमा यो कुरा सेलाउँछ सकिन्छ। फेरि कुन दिन पालो आउने हो अझ आँधीबेहरी चल्छ। यो विषयमा बाहिरी समाजलाई गहिरो थाहा हुँदैन जे देख्यो त्यही हो भन्छ तर बास्तविकता के हो त्यसको पर्दाफास आफू नमरी स्वर्ग देखिँदैन।
अन्तमा पुरानो विद्यालय रहेको ठाउँमा ECD राखेर पक्की भवन निर्माण र नयाँ ठाउँमा अझै भवन अपुग छ माग भएको भन्ने कुरा थियो अब बन्छ होला। सबै बजेट नयाँ ठाउँमा एकत्रित हुँदा पुरानो ठाउँ जीर्ण हुनु कुनै अनौठो कुरा होइन। बरु केही नगरेको हो भने भनौँ, यसरी पानीको खाडलमा विद्यार्थी बसेर पढ्नु निक्कै दयनीय अवस्था हो, तर समय परिस्थिति सन्दर्भ जुर्यो यसले सुधार्ने मौका दिन्छ, पुनर्बल मिल्छ। साथीहरु तपाईंहरूले फेसबुकमा लेख्दै गर्दा अरुलाई पार्टीका झोलेहरु भन्नु भन्दा पहिले म आफै कुनै पार्टीको झोले भएर इसारामा लेखेको हुँ सम्झिनु होला, यसरी लेखेका शब्द अनि सुझाब सल्लाहका लागि लेखेका शब्द फरक हुन्छन् शब्दले आफै अर्थ बताएका हुन्छन् ओठ हल्लिँदा शब्द बुझिन्छ। सकिन्छ भने खुला मैदानमा रहेर हरेक कुरा ग्रहण गर्नु होला, फूलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार आफै सम्झनुहुन्छ। यदि यी प्रतिनिधिले सबै बजेट खल्तीमा हाले विकासमा लगाएनन् भन्नु हुन्छ भने अख्तियार छ, प्रमाण जुटाउ जाऊ लडौँ अबस्य जितिन्छ। हुनत पलातामा करोडौँ हडपेर जानेहरुको बारेमा लेख्ने तागत कसैसँग छैन् तपाईंहरूका लागि तिनीहरू नै विकास प्रेमी भला नेता होलान् जो जस्तो छ उस्तै देख्छ र बोल्छ।
काम गर्नेहरूको मैदानमा काँडा बिछ्याउने नगरौँ बरु सहज वातावरण बनाउ सहयोग गरौँ र हेरौँ के हुँदो रहेछ।
लेखक :
सुजन बुढा
पलाताका शैक्षिक नेतृत्व हुन ।
Discussion about this post