कतारमा ५० प्रतिशत कामदार राखेर कम्पनी खोल्न अनुमति

7
SHARES
15
VIEWS

काठमाडौं, असार । कतारमा बन्दाबन्दी खुकुलो बनाउन तेस्रो चरणमा सामुदायिक तथा निजी कम्पनीहरु ५० प्रतिशत कामदार राखेर खोल्न अनुमति दिइएको छ । ती कम्पनी खोल्न आवश्यकता अनुसार समय छुट्याइएको छ । यसले काममा जान नपाएका विदेशी कामदारलाई राहत हुने भएको छ । कोरोनाभाइरस संक्रमण फैलन नदिन कामदारहरुले कडा सुरक्षा नियम पालना गर्नुपर्नेछ ।

कतार सरकारले रेस्टुरेन्ट, समुन्द्र किनार, पार्क र मस्जिदहरु आंशिक खोल्न पनि अनुमति दिएको छ । बन्दाबन्दीलाई चार चरणमा हटाउने योजना अनुसार कतारको यो निर्णय आएको हो ।

गत हप्ता संकट व्यवस्थापन सम्बन्धि त्यहाँको उच्चस्तरीय समितिले १ जुलाईबाट संग्रहालय र पुस्तकालयहरु प्नि खोल्न दिने निर्णय गरेको थियो । तर सीमित क्षमता र सीमित समय मात्र खोल्ने अनुमति थियो ।

त्यसअघि गत महिना पहिलो चरणमा केही पसल तथा व्यापारिक केन्द्र खोल्न दिने निर्णय भएको थियो । अहिले तेस्रो चरणमा रेस्टुरेन्ट, पार्क र समुन्द्र किनार खोल्न दिएपछि त्यहाँ भिडभाड बढेको छ ।

लामो समयदेखि थुनिएका स्थानीय र विदेशी कामदार बाहिर निस्कन थालेका छन् । कतार गल्फ देशहरुमध्ये साउदी अरबियापछि दोस्रो धेरै प्रभावित मुलुक हो ।

कतारमा कूल संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । त्यहाँ ९९ हजार ७९९ जना कूल संक्रमित छन् । तर निको हुने दर निकै उच्च छ । अहिलेसम्म ९२ हजार २८४ जना निको भएका छन् । १२८ जनाको भने मृत्यु भएको छ ।

उपचाररत संक्रमितको संख्या आठ हजार ६७३ छ । दैनिक संक्रमित भेटिने संख्या ५०० आसपास छ । २७ मेबाट त्यहाँ उपचाररत संक्रमितको ग्राफ तल झर्न थालेको हो । उक्त दिन सबैभन्दा बढी ३५ हजार ६३४ उपचाररत संक्रमित थिए ।

कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा भएकै कारण कतारले बन्दाबन्दी हटाउन थालेको हो । तर, बाहिर निस्कन मास्क अनिवार्य गरिएको छ । पाँच जनाभन्दा बढी भेला हुन दिइएको छैन ।

-अल जजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित