पलातामा सुविधा सम्पन्न सौचालय अध्यक्ष रोकायाद्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । सुस्वा परियोजना द्वारा निर्मित सुविधा सम्पन्न सौचालय को उद्घाटन गरिएको छ। पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले एक कार्यक्रमका विच उद्घाटन गरेका छन। सो कार्यक्रममा पलाता उपाध्यक्ष अलैपुरा जैसी, कार्यकारी प्रमुख कर्मसिंग वम, वडा अध्यक्ष ज्ञान ऐडी, माओवादी नेता दुर्गा काफ्ले , जगत चौलागाई लगाएतको सहभागिता रहेको थियो । पलाता गाउ पालिका वडा नम्बर २को सरस्वती मा वि राडुनेटा र कालीका मा वि छलाह का २ वटा सौचालय उद्घाटन संगै हस्तान्तरण गरिएका छन।

सौचालय उद्घाटनका क्रममा    बोल्दै पलाता अध्यक्ष रोकायाले सुस्वाले निर्माण गरेको नमुना सौचालयलाइ सही ढंगले प्रयोग गर्न आग्रह गर्दै  यस्तै नमुना भौतिक संरचना निर्माणका लागि सुस्वालाइ आग्रह गरेका छन।

पलाता गाउँ पालिकाको वडा नम्बर  ४ को छलांहको कालिका मा .वि.मा वाल तथा अपांग मैत्रि सौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। विद्यालयका निमित्त प्रधानध्यापक महेन्द्र भट्टलाई सौचालय हस्तान्तरण गरेको प्रमाण पत्र सहित प्रदान गर्दै संरक्षण र सदुपयोग गर्न अनुरोध गर्दै सुस्वाका कार्यक्रम संयोजक  धिर भण्डारीले बताए ।

२१ लाख ७३ हजार पाँच सय एक रुपैयाले सम्पन्न उक्त सौचालय बाट वालवालिकाका लागी सहज हुने बताउदै पलाता ४ का वडा अध्यक्ष तिलक बुढाले बताए । त्यसैगरी पलाता २ को सरस्वति मा वि  राडुनेटा को २५ लाख लगानिमा निर्मित सौचालय विद्यालय प्रधानध्यापक सर्जन प्याकुरेल लाइ हस्तानान्तरण गरीएको हो । सुुस्वा परियोजनाले खानेपानी तथा सरसफाईमा विभिन्न काम गर्दै आएको छ। पलाताको वडा नम्बर २ र ६ मा खानेपानीमा काम भएको छ भने सरस्वति मा वि  राडुनेटा र कालीका मा.वि छलाहमा सौचालय निमार्णको काम भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित