हिमचुलि सहकारी संकटको सारिथ भएको नेताहरूको भनाइ,कुन नेताले के भने ?

7
SHARES
15
VIEWS

कालीकोट ।हिमचुलि कृषि सहकारी संस्था लि.को १५ औं वार्षिकोत्सवको शुभकामना दिने नेताहरुले हिमचुलि कृषि सहकारीले विगतमा उल्लेखनिय काम गरेको र आगामि दिनमा थप राम्रो काम गर्ने बताएका छन ।

 

 

 

 

 

 

अहिले सहकारीले ग्रामिण स्तरमा सकरात्मक काम गरेको र भावि दिनमा सफलताको कामना समेत गरेका छन ।

साहसी सि नेकपा(विप्लव)सहकारी यहाँ सम्म पुग्नका लागि आफुहरुले खाजा गोजिमा हालेर रातारात सदस्य बृद्धि र शेयर बृद्धि गरेको स्मरण गर्दै आफुहरुलाई समेत संस्थाले सम्झनु पर्ने बताउदै विश्व बजारमा आर्थिक मन्दि र लघुवित्तले निम्त्याएको समस्या प्रति आफु र आफ्नो पाटी चिन्तित भएको र ति त्यस्ता हर्कतहरुलाई न्युनिकरण गर्न विश्वबजारमा अर्थतन्त्रमा खलल पुगेर ठुला ठुला वित्तिय संकटमा पुगेको बेला सहकारीमा त्यस्तो अवस्था नआउला भन्न सकिन्न भन्दै सबैले सहकारीको विकास र प्रवद्धनमा लागि पर्नु पर्ने बताए । उनले आफ्नो पार्टीको तर्फबाट के केति सहयोग गर्नु पर्ने हो सो को बारेमा सहयोग गर्ने बताए ।

 

चित्र सिंह गाउँले(नेकपा एकिकृत समाजवादी)


प्रतिष्ठित सहकारीले गरेको हरेक कामको बारेमा आफु जानकार भएको र हिमचुलि कृषि सहकारी संस्थाले समाजवादी मोडलमा विभिन्न क्रियकलाप अघि बढाएर फस्टाउदै गएको बताउदै आगामि दिनमा संस्थाले कर्नालि प्रदेशको नेतृत्व गर्ने समेत बताए । अहिले हिमचुलि कृषि सहकारी संस्था ग्रामिण महिला देखि ठुला नेता सम्म सबैको संटको साथि बनेको बताउदै आगामि दिनमा थप प्रगतिको कामना गरेका छन ।

 

 

 

जगत बहादुर शाही,नेकपा(माओवादी केन्द्र)


जनयुद्धको धरोहरका रुपमा रहेको हिमचुलि कृषि सहकारी संस्थाले महिलाहरुलाई वित्तिय क्षेत्रमा चलायमान र नेतृत्व विकासमा ठुलो सहयोग गर्दै आएको बताउदै आगामि दिनमा दुरदराजका असाहायहरुका लागि मलम पट्टि गर्ने गरी सहयोगि हातहरु अघि बढाउने बताउदै जिल्लाको मात्र होइन कर्नालि प्रदेशको नमुना सहकारी हुनेमा विश्वास व्यक्त गरेका छन । उनले सहकारीहरु बदनाम गरिरहेका समयमा हिमचुलि कृषि सहकारीले सम्पूर्ण खर्च कटाएर साढे ५४ लाख आम्दानि ल्याउनु सुखद रहेको बताएका छन ।

 

जसि प्रसाद पाण्डे,नेकपा(एमाले)


कालीकोट जिल्लामा हिमचुलि कृषि सहकारी संस्थाका १४हजार ६ सय६४ जना शेयर सदस्य रहेको सहकारीका सबै सदस्यहरुले उचित सेवा पाउनु पर्ने र सोही अनुसारको व्यवस्थापन सहित आत्मनिर्भर बन्न संस्थाले विभिन्न कार्यक्रम अघि बढाउन आग्रह गर्दै सहकारीले हामिले नगरेको प्रबाजेले गर्दै आएको रैथाने बालिको संरक्षणका लागि व्यापक मात्रामा अघि बढाउनु पर्नेमा जोड दिदै जिल्लाभर आफ्ना कार्यक्रतालाई सहकारीमा लाग्नु पर्ने र बचत तथा व्यवसायिक कारोबारमा अग्रसर गराउनु पर्नेमा जोड दिएका छन ।
काशीचन्द्र बराल(संस्थापक अध्यक्ष)

२०६५ साल देखि अहिले सम्म आउदा सहकारीले विभिन्न चुनौतिहरुलाई सामना गरेर अघि बढेको र आफ्नो सफल नेतृत्व र टिमका कारण सहकारी यहाँ सम्म आइपुगेको बताउदै अहिले सहकारीमा लोभि पापिहरुको आगमन बढ्न थालेको प्रति चिन्तित हुंदै सबैले संकटको घडिमासाथ दिन आग्रह गरेको छन। त्यसै गरी हिमचुलि कृषि सहकारी संस्था कुनै पार्टी विशेषको हिजो पनि नभएको र आगामि दिनमा समेत नहुने बताएका छन ।

सहकारी क्षेत्रमा योगदान कै कारण यहाँ सम्म पुगेको बताउदै आगामि दिनमा सदस्यहरुका उत्पादनलाई व्यापक मात्रामा संकलन गरी आत्मनिर्भर तर्फ उन्मुख गराउन हरेक कार्यक्रम ल्याई वडा स्तरमा पुग्ने बताएका छन । संस्थापक अध्यक्ष काशिचन्द्र बराललेब लेकाे अागाे सबैले ताप्न खाेजेकाे बताउदै निभेकाे अागाे बाल्न नचाहनेकाे संख्या बढेकाे बताएका छन । संस्थापक अध्यक्षा बराल फुकोट गाविसका अध्यक्ष तथा पहिलो स्थानिय तहको निर्वाचन पछिका रास्कोट नगरपालिकाका नगर प्रमुख समेत हुन ।
धनजित शाही(जिल्ला समन्वय समिति प्रमुख)


सहकारीले ग्रामिण महिलाहरुका लागि नपत्याउने अवस्थामा लघु कर्जाका माध्यमबाट व्यवसायिक बनाउदै अघि बढेको र अहिले सहकारी ठुलो हुंदै गएकोले चुनौतिहरु थपिदै गएको प्रति संचालक समिति सहि ढंगले अघि बढ्नु पर्ने बताएका छन । उनले माओवादी आन्दोलनको एउटा पिल्लर भएकाले यस भित्र विभिन्न जोडकोणको तालमेल मिलाएर अहिले सम्म सफल भएर अघि बढेको बताउदै संस्थाले व्यवसायिक कामलाई अघि बढाउदै सदस्यहरुको हितमा काम गर्न अनुरोध गरेका छन ।

पौरख विक(संचालक समिति सचिव)
हिमचुलि कृषि सहकारी संस्था दर्ता प्रक्रियामा नेकपा(माओवादी) सम्बद्ध २५ जनाबाट शुरु भएको संस्था भएकाले यसलाई अहिले माओवादी सम्बद्ध नभएको भनेर इतिहांस नबंग्याई अघि बढ्नु पर्ने बताएका छन । विगतमा शुरुवातिको चरणमा आस्थाका हिसावले माओवादी निकट भएपनि अहिले कालीकोट बासि सबैको साझा संस्था भएको दावि गर्दै संस्था विकासका लागि सबै पक्षले सहि भुमिका खेल्ुन पर्ने बताएका छन । उनले सहकारीलाई विकास गर्न र जनताको जिवन स्तर उकास्नका लागि सबै पक्षको सहयोग भएको बताएका छन ।

 

 

काली बहादुर महतारा(अध्यक्ष)


सहकारी संस्थाको बारेमा १५ वर्ष सम्म गरिएका कामका साथै आएका चुनौतिका बारेमा जानकारी दिदै अध्यक्ष महताराले सहकारीको विकाशका लागि स्थापना काल देखि अहिले सम्म विशिष्ट योगदान दिने संस्थापक सदस्य,कार्यरत कर्मचारी लगाएतका महत्वपूर्ण भुमिका खेलेको बताउदै आगामि दिनमा राजनैतिक दल,पेशागत संग संगठनले आगामि दिनमा सहकारीको विकास लागि सहयोग गर्न आग्रह गरेका छन । उनले नेकपा(एकिकृत समावजादी) पार्टीका नेता चित्र सिंह गाउंलेको भनाई सापटी लिदै आज कालीकोट बासिका लागि संकटको सारथि भएको सहकारीलाई सबैले सकरात्मक सल्लाह दिन अनुरोध गरेका छन । उनले सहकारी धेरै दर्ता भए तर सहकारीको पहिचान हिमचुलि कृषि सहकारी संस्थाले मात्र गरेको दावि गर्दै १५ वर्ष सम्म सहकारीका लागि योगदान दिने सबैलाई आग्रह गर्दै आगामि दिनमा थप सहयोगको लागि निवेदन गदै वार्षिकोत्सव समापन गरेका छन ।

उक्त कायर्त्रफममा २५ जना संस्थापक सदस्य,१ जना पूर्व कायर्कारी प्रमुख,सहित ६ वटा सेवा कार्यालयलाई पुरुस्कृत गरेको छ ।

उक्त कार्यकममा लेखा समिति संयोजक बल बहादुर वुढा, पत्रकार रत्न कार्की लगाएतका अतिथिहरुले रचनात्मक सुझाव दिदै सहकारी फस्टाउनेमा विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित