कोरोना कोषको रकम हिनामिना,अधिकृत र लेखापाल विरुद्ध जनप्रतिनिधिको उजुरी

7
SHARES
15
VIEWS

मुगु,असार ।जिल्लाको उत्तरी सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम कर्मचारीको मिलोमोतोमा हिनामिना भएको भन्दै गाउँ पालिकाले कर्मचारीहरु माथि उजुरी दिएको छ ।

गाउँ पालिका अध्यक्ष लोकबहादुर शाहीले सोरु गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध प्रशासनमा उजुरी दिएका हुन्। कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै पालिका प्रमुख शाहीले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन्।

कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायानाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख तथा अन्य निकायको सहयोगसहित १ करोडभन्दा बढी रकम जम्मा भएको थियो।

अरु रकम विभिन्न शीर्षकमा खर्च भए पनि कोषमा बचेको १९ लाख रुपैयाँ प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको प्रमुख शाहीको आरोप छ। दुबै जनासँग सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनुपर्ने अवस्था आएको शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित