पलांतामा कांग्रेस,एमाले जिल्ला स्तरका नेता सहित एक दर्जन माओवादी केन्द्रमा प्रवेश,पूर्व मन्त्रि बस्नेतले गरे स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले थालेका जनता संग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा अन्य पार्टीबाट माआृवादी केन्द्रमा प्रवेश गर्नेको संख्या बढेको छ । नेकपा(माओवादी केन्द्र) पलांताका अनुसार आज भएको कार्यक्रममा नेपालि कांग्रेसबाट ७ जना,एमालेबाट एक जना र विप्लव नेकपाबाट एक जना गरी ९ जनाले माओवादी प्रबेश गरेका छन ।

जसमा नेकपा(एमाले)का जिल्ला कमिटि सदस्य परजित कामी,नेपालि कांग्रेसका वडा न. ८ का उपसभापत जयमनि रोकाया,मुन्दि रोकाया,ऐन रोकाया,मैना रोकाया,गोरिकला रोकाया,राजेश रोकाया,रामबहादुर रोकाया प्रवेश गरेका छन ।

त्यसै गरी नेकपा विप्लवबाट परि कामी रहेका छन । नव प्रवेशीलाई नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य,पूर्व सामान्य प्रशासन मन्त्रि तथा कालीकोट जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले स्वागत गरेकाछन ।

सो अभियानमा पलांताका वडा न.७,८ र ९को समुदायको सहभागितामा स्वागत गरिएको गाउँ पालिका सचिव सर्जन बुढालाई उदृत गर्दै सहकर्मि धनबहादुर शार्कीले जानकारी दिएका छन । सो कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाही,पलांता गाउँ पालिका सरकार प्रमुख विष्णु बहादुर रोकाया सहितका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

नेकपा(माओवादी केन्द्र)ले थालेको अभियान गएको भाद्र १६ गते देखि गाउँ गाउँमा शुरु भएको छ । उक्त्त अभियानका क्रममा पलांतामा यस अघि आधा दर्जन बढि माओवादीमा प्रवेश गरेको पलांता गाउँ कमिटी अध्यक्ष ऐन राज महताराले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित