पलातामा आँखा शिविर हुने,स्थानिय खुशी

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा आंखा शिविर हुने भएको छ । पलाता गाउँ पालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा कालीकोटको समन्वय तथा सहकार्य का साथै हिमालय आँखा अस्पताल घारीपाटन पोखरा र जिल्ला आँखा उपचार केन्द्र कालीकोटको प्राविधिक सहयोगमा एक हप्ता सम्म शिविर हुने भएको हो।

असोज १२ र १३ गते खिनको नेटामा मोतिवन्दु छनोट आँखा शिविर हुने भएको जिल्ला आँखा उपचार केन्द्र कालीकोट प्रमुख डवल अधिकारीले बताए । उनका अनुसार असोज १४ र १५ गते राडुनेटा,असोज १६ र १७ गते थिर्पु र पलाता अस्पतालमा असोज २० र २१ गते आँखा शिविर हुने भएको हो ।

पलाताका समुदायलाई सहज तरिकाले स्वास्थ्यमा सहज गर्न गॉउमा शिविर आयोजना गरिएको र उक्त शिविरबाट सबैले सेवा लिन अनुरोध गर्दै पलाता गाउँ पालिका अध्यक्ष बिष्णु बहादुर रोकायाले अनुरोध गर्नु भएको छ ।

जनताको सेवामा निरन्तर रुपमा समर्पित पलाता सरकारको यस कामलाई समुदायले धन्यवाद दिएका छन। यस अघि आँखा उपचार केन्द्र कालीकोटले सान्नित्रिवेणी गाउँ पालिका का विद्यालयमा आँखा जाँच गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित