पचालझरनामा माओवादीद्वारा आधारभुत माक्सवादी स्कूल संचालन

7
SHARES
15
VIEWS

कालिकोट । पचालझरना  गाउँ पालिकामा  पार्टी कार्यकर्ताको वैचारिक स्तर वृद्धि गर्न स्कूल संचालन गरिएको छ । तिन महिने अभियानको विचमा पचालझरना गाउँ कमिटीले आयोजना गरेको आधारभुत मार्क्सवादी स्कूल संचालन गरिएको छ।

पचालझरना गाउ कमिटीका  १ सय ४६ जना पार्टी कार्यक्रता सहभागी रहेको बताइएको छ । नेकपा (माओवादी केन्द्र) पचालझरना गाउ कमिटी अध्यक्ष गौरी संज्यालका अनुसार वडा कमिटी पदाधिकारी, जिल्ला सदस्य  र प्रदेश सदस्यको सहभागिता रहेको बताए।

उक्त पार्टी स्कूलमा केन्द्रिय सदस्य धनवीर वली , धर्मराज केसी र पार्टी स्कुलिङ विभाग प्रदेश सदस्य तथा पचालझरना गा.पा.पूर्व अध्यक्ष खड्गराज सेजुवालले पहिलो दिन लेनिनवादी संगठनात्मक सिद्धान्त , अतिरिक्त मूल्यको सिद्धान्त, पार्टी संगठन परिचालन र व्यावस्थापनमा सुचना संचारको महत्व, विज्ञानको विकास र माक्सवाद लगाएतका विषयमा प्रशिक्षण दिएको छ ।

दोस्रो दिन अर्थात असोज ९ गतेका दिनमा स्थानिय सरकार परिचालन ,विकास निर्माण र पार्टीको भूमिका, राजनितीक अर्थ शास्त्र, कम्यूनिष्ट पार्टीको घोषणापत्र र जिवनशैली का साथै अन्य विषयमा प्रशिक्षण दिइएको  बताइएको छ ।

पहिलो पटक पार्टी स्कूल संचालन गरिएकोमा कम्युनिष्टले लागु गर्नु पर्नेमा सहभागि केश बहादुर शाहीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित