सामान्य जानकारी : पर्यटकको आकर्षण केन्द्र रहेको तर ओझेलमा परेको कालीकोट जिल्ला हो । यस जिल्लामा विभिन्न क्षेत्रमा पर्यटकिय क्षेत्रहरु रहेका छन । नेपालको अग्लो झरना देखि धामिर्क गुरु योगि नरहरिनाथ सम्मका ख्याति प्राप्त व्यक्तित्वहरु रहेको जिल्ला हो ।यस जिल्लामा संघियता आइसकेपछि ति पर्यटकिय क्षेत्र झन ओझेलमा परेका छन ।
स्थानिय तहले गाउँ गाउँमा विकास निर्माणका लागि काम जति गति दिएर अघि बढेको भएपनि प्राकृतिक सुन्दरताले धनि मानिएको कालीकोटमा स्थानिय तहको प्राथमिकतामा प्राकृतिक सम्पदा नपरेको जनगुनासो आएको छ । कालीकोट जिल्लामा धार्मिक मठमन्दिर,ताल,झरना,दोभान,परातत्विक महत्वका पांच पाण्डब द्धारा निर्माण गरिएका पञ्चदेवलहरुका साथै अन्य महत्वपूर्ण स्थान रहेको पाइन्छ । पर्यटन क्षेत्रमा कुनै निकायको ध्यान जान नसक्नु कालीकोटका लागि दुर्भाग्य भएको छ । जहाँ नेपालको लामो नदि कर्नालिको सलल बगेको छ त्यसमा र्याफ्टिंगका लागि प्रचुर सम्भावना रहेको भएपनि त्यसको काम भने हुन सकेको छैन । विभिन्न राष्टहरुले स साना संरचनालाई लगानि गरेर आकर्षण बनाएर धेरै फाइदा लिने गरेको भएपनि सिंगो कर्नालि र कालीकोट प्रति वेवास्ता हुन गएको छ ।
कालीकोटमा पर्यटकिय क्षेत्रहरु के के छन ?
१.पचालझरना (३८१ मि.)पचालझरना गाउँ पालिका खार्दु
२.तिलागुफा (गुफा) तिलागुफा नगरपालिका
३.पञ्चदेवल(पांच पाण्डव द्धारा निर्मित)खांडाचक्र नगरपालिका र सान्नित्रिवेणि गाउँ पालिका
४.योगि नरहरिनाग(नरहरिनाथ गाउँ पालिका लालु )
५.शहिद संग्राहालय(पचालझरना घुराबगर)
६.बडिमालिका,चुलिमालिका,पुगमालिका,महाबु धार्मिक स्थल तथा त्रिवेणि पाटन,भारपाटा,पंगेलि
७.लालिघाट दोभान(कर्नालि नदि र तिला नदि संगम(खांडाचक्र न.पा.जितेबजार हुल्म)
८.कोटदरबार(खांडाचक्र नगरपालिका मान्म)
९.रुडुबन्चु,बजेडीचौर(तिलागुफा नगरपालिका )
१०.काइनाइट क्षेत्र(शुभकालिका गाउँ पालिका भर्ता)
११.सुनथरालि विमानस्थल(नरहरिनाथ गा.पा)
१२.बयलझरना,नौमुले,दुदलि छहरा
१३.युद्ध पर्यटकिय क्षेत्र पिलि
१४.गडुलास्नि (सान्नित्रिवेणि)
१५.गाल्जे मेला (जुविथा धाम) हरेक १२ वर्ष काे एक पटक मेला लाग्ने
गरिएका प्रयासहरू
कालीकोट हिमाल र पहाड संग जोडिएको जिल्ला हेर्दा नै मनोरमका रुपमा चिनिदै आएको जिल्लाको रुपमा लिन सकिन्छ । यस जिल्लामा पर्यटकिय क्षेत्रका रुपमा रहेको अग्लो पचालझरना,सांस्कृतिक धरोहर धर्मगुरु नरहरीनाथ,धार्मिक देवस्थल पांच पाण्डव द्धारा निर्मित पञ्चदेवल देखि तिला गुफा समेत रहेका छन ।
हरेक क्षेत्र एक न एक नामले स्थापित भएर अघि बढेका हुन्छन । ठांउको पहिचान हरेक क्षेत्रको आफ्नो निश्चित अस्तित्व भित्र रहेको हुन्छ ।त्यस भित्रको प्राकृतिक क्षेत्रले धनि मानिएको कालीकोट जिल्लामा पछिल्लो समयमा स्थानिय सरकारले संरक्षण तथा प्रवद्धनमा जोड दिएपछि बढ्न थालेको हो ।
त्यहि भित्रको कालीकोट जिल्लालाई स्थापित गरेको छ नेपालको अग्लो पचालझरना ।कालीकोट जिल्लाको पचालझरना गाउं पालिकाको खार्दुमा अवस्थित पचालझरना तत्कालिन जनयुद्ध ताका ने क पा(माओवादी)को पहलमा पहिलो पटक जिल्ला विकास समितिको प्राविधिक र बयोबृद्ध जयकृष्ण संज्याल सहितको टोलिले गरेको स्थलगत अध्ययन पछि चार सय ७२ मिटरको उचाई कायम गरिएको थियो । स्थानिय निकाय गठन संगै पचालझरना गाउं पालिका अध्यक्ष्ँ खडगराज सेजुवालको पहलमा जिपिएस सहितको नाप जांच पछि ३ सय ८१ मिटर कायम संगै पर्यटन वर्ष २०२०का लागि ६४ स्थानमा भ्रमणका लागि गतव्य स्थलका रुपमा सुचिकृत भएको थियो । यस झरनाको काम पर्यटन बोर्ड मार्फत राष्ट्रिय सुचिकृतका लागि नापि विभाग मार्फत नापजांच शुरु भएको छ ।
कालीकोट जिल्लामा रहेको पचालझरना स्थानिय पचालछहडोको नामले चिनिदै आएको भएपनि पछिल्लो समय पचालझरना कायम गरिएको हो । त्यसै गरी कालीकोट जिल्लामा अहिले महत्वमा आएका स साना देवस्थल,गुफा मात्र नभइ धार्मिक महत्व बोकेको जिल्लाका रुपमा स्थापित भएको छ ।रास्कोटको माथिल्लो क्षेत्रमा रहेको त्रिवेणि,देउरा पाटन लगाएतका अन्य प्राकृति सम्पदा र धार्मिक स्थलको संरक्षणमा विशेष ध्यान जानु पर्ने देखिन्छ । आगामी दिनमा त्रिवेणि र देउरा लेकमा कृषि उत्पादनका साथै पर्यटन हवका रुपमा अघि बढाउनका लागि स्थानिय सरकार जिम्मेवार बन्नु पर्दछ ।तिलागुफा नगर पालिकाले रूडुबन्चु लगाएतका क्षेत्रकाे विकासका लागि पहल चाल्न थालेकाे छ ।
गुफाकै नाममा नगरपालिका नामाकरण हुनु र नगरपालिका मार्फत पूर्वाधार निर्माण समेत हुनुले तिलागुफा पर्यटक आकर्षण गर्न सफल भएको हो । तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटकहरु घुमफिर गर्न शुरू भएकाे छ ।
कालीकोट जिल्लामा मध्य तथा सुदुरपश्चिमको बाजुरा र कालीकोटको विचमा पर्ने बडिमालिका मन्दिर,कालीकोटको बदालकोटमा रहेको चुलिमालिका मन्दिर,राम्नाकोटमा रहेको पुगमालिका मन्दिर,ओदानकुमा रहेको महावु लेक,रकुमा रहेको गडुलास्नि,चिल्खायामा रहेको तिला गुफा,खमाले गुफा,रास्कोटको त्रिबेणि पाटन,देउरा मालिका,चिल्खायाको रुडुबञ्चु,बदालकोटको नौमुल,मान्ममा रहेको पञ्चदेवल, कोटदरवार,नेपालको लामो नदि कर्णालि र तिलाको संगम स्थल जितेबजार लगाएतका जिल्लाको नामलाई उचो राख्ने सम्पदा भए पनि यि सम्पदाका लागि विशेष ध्यान नपुगेको आवाज उठ्न थालेको छ ।
तत्कालिन अवस्थामा कालीकोट जिल्ला देखि केन्द्र सम्म राजनैतिक गर्ने नेताहरु भने सिंगो कर्नालिको नाममा मागि खाने भांडोका रुपमा प्रयोग भएको भएपनि संघियताको शुरुवातमा जिल्लाका विभिन्न ठाउंमा रहेका प्रकृति सम्पदा तथा पर्यटकिय क्षेत्रहरु संरक्षण प्रवद्धनका लागि स्थानिय सरकारको भने सक्रियता बढ्न थाल्नु र संचारमाध्यमबाट बाहिर आउन थालेका हुन । कालीकोट जिल्लामा विभिन्न क्षेत्रमा विकास निर्माण देखि सामाजिक क्षेत्रमा पछि परेका समुदायको खानिका रुपमा देश तथा विदेशमा कर्नालि चिनिएको छ ।
कर्नालिमा मुगु राराताल,नेपालको अग्लो स्थानमा रहेको शे फोक्सुण्डो ताल,जुम्लाको धार्मिक स्थल चन्दननाथ बर्णन गरिसक्नु छैन । यि सम्पदाहरुको लागि नेपाल पर्यटन बोर्ड मार्फत कामको थालनि हुनु र स्थानिय निकाय सक्रिय रुपमा लाग्नु पर्ने जनगुनासो आएको छ ।
स्थानिय तहले के गर्नु पर्छ ?
सबै स्थानिय तहले पालिकामा संरचना निर्माण गरी पयर्टन प्रवद्धनका लागि योजना बनाई अघि बढ्नु पर्दछ । व्यापक मात्रामा पचार प्रसार गर्ने र पालिकामा भएका प्राकृतिक साधन,तथा पर्यटकिय क्षेत्रको सुचि तयार गर्नका लागि निश्चित व्यक्तिको जिम्मेवार तोकिनु पर्दछ । कालीकोटको पर्यटन प्रवद्धनमा अनि मात्रामा केही गर्न सकिन्थ्यो की ?
कसरी मनाइदै छ विश्व पर्यटन दिवस
‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइने प्रचलन अनुसार यस वर्ष सेप्टेम्बर २७मा विश्व पर्यटन दिवसका क्रममा आज ४४औँ विश्व पर्यटन दिवस नेपालमा मनाइएको छ ।
‘पर्यटन र हरित लगानी’ भन्ने नारा दिएको विश्व पर्यटन दिवसमा पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरेको छ । अन्तराष्ट्रिय मानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत गरिएको छ । भरतपुर उपमहानगरपालिकाले चितवनमा पर्यटक वर्ष २०२४लाई अघि सारेको छ । तर प्रदेश स्तरमा कार्यक्रम हुने गरेपनि जिल्लामा भने कुनै पनि औपचारिक रुपमा पर्यटन दिवस सम्बन्धि कार्यक्रम नरहेको बुझिएको छ ।
कालीकोट जिल्लामा पर्यटन क्षेत्र हेर्नका लागि कुनै पनि संरचना तथा निकाय नहुनुले समस्या आएको देखिन्छ ।
Discussion about this post