पलातामा जब पूर्व मन्त्री सहितको टोली बाटो बनाउन थालेपछी .. . . .

7
SHARES
15
VIEWS

कालीकोट । माओवादी नेता तथा पूर्व मन्त्रि सहितको टोलीले पलातमा अवरुद्ध सडक निर्माण गरेको छ ।

नेकपा (माओवादी केन्द्र ) ले थालेको तिन महिनाको अभियानका क्रममा पलाता पुगेका  पूर्व सामाय प्रशासन मन्त्रि टेक बहादुर वस्नेत, जिल्ला समन्वय प्रमुख धनजित शाही, पलाता सरकार प्रमुख विष्णु रोकाया , उपाध्यक्ष अल पुरा हमाल , प्रदेश सदस्यहरु मान बहादुर भण्डारी , सरोज बोगटी ,दिपक चौलागाई, भानु प्रभात पाण्डे, शक्ती भण्डारी लगायतले पलाताको  धौलागोह – खिन सडक निमार्ण गरिएको बताइएको छ।

एका विहान अभियान टोलीले श्रम गरेको देखे पछि स्थानिय समेत सहभागी भएको सहकर्मी धनवहादुर शार्कीले बताए ।

पलातामा अभियानका क्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य टेक बहादुर वस्नेत सहितको टोलीले गॉउ गॉउमा पुगेर कार्यक्रम गरेको बताइएको छ । सो अभियानमा एमाले, नेका लगाएतका दलहरु बाट ४० भन्दा बढीले माओवादी प्रवेश गराएको बताइएको छ।

नेकपा (माओवादी केन्द्र)ले  जनता संग विशेष रुपान्तरण अभियान संचालन गरेको छ । गत भाद्र १६ गते देखि संचालित अभियानका क्रममा स्थानिय देखि केन्द्रिय नेता गाउँ गाउँमा खटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित