स्वास्थ्य सुचक तथा व्यवस्थापनमा रास्कोट नगर जिल्लाकै उत्कृष्ट

7
SHARES
15
VIEWS

कालीकोट। रास्कोट स्वास्थ्य शाखा उत्कृष्टता आएको छ। आर्थिक वर्ष २०७९/०८० वार्षिक समिक्षाको क्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोट ले आयोजना गरेको कार्यक्रममा रास्कोटले स्वास्थ्य सुचक तथा व्यवस्थापन प्रणालीमा उत्कृष्टता हासिल गरेर प्रथम स्थान ल्याउन सफल भएको छ। त्यसै गरी दोश्रो स्थानमा खाडाचक्र नगर स्वास्थ्य शाखा र पचालझरनाले तेस्रो स्थान ल्याएको स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

वार्षिक समिक्षा कार्यक्रमको जनस्वास्थ्य निरिक्षक कटक महतको संचालन र स्वास्थ्य सेवा व्यावस्थापक डा.संकेत बिस्वकर्माको अध्यक्षताका साथै जिल्ला समन्वय उपप्रमुख मिना रावत बि.क.को प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी जोरासिह माझी, अस्पताल बिकास समिती अध्यक्ष गोगन बहादुर मल्ल, सामाजिकं विकास मन्त्रालय , प्रदेश स्वास्थ्य निर्देशनालय प्रतिनिधिहरु सहित स्वास्थ्य सेवा कार्यालय कर्मचारी र जिल्ला स्थित ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको उपस्थिती रहेको बताइएको सहकर्मि टिकाराज उपाध्यायले वताएका छन्।

रास्कोट स्वास्थ्य शाखा प्रमुख हंसराज बराल लाइ प्रमाण पत्र हस्तान्तरण गर्दै समन्वय उपप्रमुख मिना रावतले धन्यवाद दिएकी छन। उक्त कार्यक्रममा प्रमाण पत्र वुझ्दै स्वास्थ्य शाखा प्रमुख बरालले रास्कोट नगर जनप्रतिनिधि , स्वास्थ्य कर्मिले गरेको प्रयास बाट सफल भएकोमा खुशी व्यक्त गरेका छन ।

अघिल्लो वर्ष खाँडाचक्र स्वास्थ्य शाखा प्रथम आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित