सरकारलाई चुनौती दिँदै भैंसी गौडामा युवाहरुले लगाए काठेपुल

7
SHARES
15
VIEWS

कालीकोट। आवत जावतमा कठिनाई भएपछि स्थानीयले श्रमदान गरेर काठे पुल लगाएका छन् ।जिल्लाको तिलागुफा नगरपालिका स्थित वडा नम्बर ८,९ र १० का युवाले श्रमदान मार्फत ४ लाख बढीको पुल लगाएर गाडी आवत जावतमा सहजता ल्याएका छन्। वाईसियल नेपालका केन्द्रीय सदस्य हस्त शाही भास्कर नेतृत्वमा वनबाट काठ ल्याएर पुल निर्माण गरेको बताएका छन् ।

स्थानिय दिनेश चादराका अनुसार उक्त भैंसी गौडामा विगतमा तिलागुफा नगर सरकारले बजेट व्यवस्थापन गरेको भएपनि यस वर्ष बेवास्ता गरेका कारण युवाले श्रमदान गर्नु परेको बताए । उनका अनुसार कर्नाली राजमार्गको भैंसी गौडा देखि साविकको चिल्खाया जोड्ने पक्की पुल गएको वर्ष आएको बाढीले बगाएपछि त्यहाँका स्थानियलाई पिठ्युँमा भारी बोक्नु परेको छ ।

जनताका पीडा बुझेर काठे पुल बनाएको स्थानीय युवाले बताए । यस सम्बन्धमा पुल बनाउने के कति पहल भएको र बजेट विनियोजनका  बारेमा तिलागुफा नगर पालिका वडा नम्बर ९ का अध्यक्ष नरेन्द्र रोकायालाई सम्पर्क गर्दा यस वर्ष बजेट अभाबमा काठे पुल निर्माण नभएको बताउँदै वडा नम्बर ८,९ र १०का समुदाय,युवा तथा जनप्रतिनिधि समेतको श्रमदान मार्फत  काठे पुल लगाइएको र सो तिला नदीमा झोलुङ्गे पुलको लागि प्रक्रिया अघि बढेको बताए । वडा अध्यक्ष रोकायाका अनुसार पक्की पुलका लागि सम्पूर्ण प्रक्रिया पूरा भएर अर्थ मन्त्रालयमा फाइल रोकिएको बताएका छन् ।अबको केही समय भित्र बेली ब्रिज बन्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित