कालीकोटमा समाजवादी मोर्चा घोषणा 

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्तरिय समाजवादी मोर्चा घोषणा कार्यक्रम गरिएको छ । कालीकोट जिल्लामा क्रियाशील राजनीतिक दलहरु नेकपा(माओवादी केन्द्र),नेपाल कम्युनिष्ट पार्टी,नेकपा(एकीकृत समाजवादी) र  जनता समाजवादी पार्टी का जिल्ला नेताहरुले  १० बुँदे अवधारणा सहित १० बुँदे आचार संहीता प्रस्तुत गरेका छन् ।

जसमा नेकपा(माओवादी केन्द्र) का तर्फबाट लक्ष्मी चौलागाई,एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष चित्र सिंह गाउँले, नेकपाका जिल्ला सेक्रेटरी शाहसी र जसपाका माधव उपाध्यायले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईको नेतृत्वमा ८ सदस्य समाजवादी मोर्चा घोषणा गरिएको छ ।सबै पार्टीबाट दुई सदस्य समावेश रहेको मोर्चा गठन गरिएको हो ।

उक्त घोषणा कार्यक्रममा नेकपाका नेता कर्ण भण्डारी, नेकपा माओवादी केन्द्रका धनजित शाही,एकीकृत समाजवादीका तुलाराज विष्ट,माधव उपाध्याय र कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य भरत बम(रणवीर)ले समाजवादी मोर्चाका बारेमा आ आफ्ना धारणा राखेका छन् ।

कम्युनिष्ट फुट्न मात्र जान्छन् जुट्न जान्दैन भन्ने कुराको दरिलो जवाफ समाजवादी मोर्चाले नयाँ संदेश दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित